सामुुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाव्दारा नवागत प्रजिअ क्षेत्रीको स्वागत !

बागलुङ २०७६ बैशाख ३१ । बागलुङ नगरपालिका १ रामरेखा स्थित सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाले मंगलबार विहान नवागत प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको सम्मानमा एक कार्यक्रमको आयोजना स्वागत गरेको छ ।

नवागत प्रजिअ क्षेत्रीले स्वागत पश्चात मन्तव्य व्यक्तगर्दै सामुदायिक सेवा केन्द्र रामरेखाले स्थापनाकाल देखी हालसम्म प्रशंसनीयसेवा प्रवाह गरेको जानकारी पाउँदा खुशी लागेको बताए । प्रजिअ क्षेत्रीले सेवा केन्द्रबाट भविष्यमा पनि यसै प्रकारले सेवा प्रवाह गर्ने विश्वास व्यक्त गर्दै केन्द्रको विकासकालागी आफुले पनि सक्दो सहयोग गर्ने गर्ने प्रतिवद्धता जनाएका थिए ।्

स्वागत कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एवं प्रहरी उपरीक्षक कृष्णहरि शर्माको उपस्थिति रहेको थियो । सो अवसरमा जिल्ला खेलकुद विकास सभिति बागलुङका अध्यक्ष धन परियारले मन्तव्य व्यक्त गरेका थिए ।

सेवाकेन्द्रका अध्यक्ष दुर्गाबहादुर आचार्यको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा केन्द्रका बरिष्ठ उपाध्यक्ष शम्भु आचार्यले केन्द्रको गतिविधी प्रस्तुत गरेका थिए भने कार्यक्रमको सन्चालन केन्द्रका सचिव धर्मदत्त सापकोटाले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.