खरुवा मावि, गल्कोट-४ मा जेठ ४ गते नि:शुल्क स्वास्थ्य शिविरको आयोजना !

चन्द्रमणी न्यौपाने, गल्कोट २०७६ बैशाख ३१ । गल्कोट नगरपालिका ४ नम्बर वडा कार्यालय र रेडक्रस सोसाइटी गल्कोट हटियाको आयोजना तथा हेल्थ एण्ड एजुकेशन फर नेपाल ९हेन०को सहयोगमा खरुवा मा। बि।मा संचालन हुने नि:शुल्क स्वास्थ शिबिर संचालन तथा ब्याबस्थापनको लागि विभिन्न समितिहरु गठन गरिएको छ ।

जेठ ४ गते संचालन हुने स्वास्थ शिबिरको लागि वडा अध्यक्ष बलबहादुर खत्रीको अध्यक्षतामा १५ सद्स्यीय सन्चालन तथा ब्याबस्थापन मुल समिती, गल्कोट नगर कार्यपालिका सद्स्य शिव कुमारी खत्रीको अध्यक्षतामा वडाका आमा समूह, क्लबहरु र सामुदायिक बन उपभोक्ता समितिका अध्यक्षहरु सद्स्य रहने गरि २५ सद्स्यीय आर्थिक ब्यवस्थापन समिति, वडा सद्स्य रबिलाल सुबेदिको अध्यक्षमा ६ सद्स्यिय प्रचारप्रसार समिती तथा भुमा सुनारको अध्यक्षतामा ३८ सद्स्यिय स्वयंसेवक समिति गठन गरिएको छ ।

यसैगरी कान्छीमाया तामाङ फाउण्डेशन धुलिखेल काभेपलाञ्चोक र सिया फार्मेसी तथा मिनभवन औषधी पसलको सह आयोजनामा सन्चालन हुने उक्त शिबिरमा हाडजोर्नी, स्त्री रोग, दन्त, मधुमेह, आँखा , नशा सम्बन्धी समस्या भएका बिरामिहरुको निशुल्क उपचार गरिने वडाअध्यक्ष बलबहादुर खत्रीले ईबागलुङलाई बताए ।

शिबिरमा आनन्दबन अस्पतालका डा जयराज शर्मा, परोपकार प्रसुती अस्पतालका डा बालगोबिन्द चौधरी, धुलीखेल अस्पतालका डा दिल बहादुर तामाङ, डा बिजेश चौधरी, शिभिल अस्पतालका डा शिबराम न्योपाने लगायतका विशेषज्ञ डाक्टरहरुको सेवा उपलव्ध हुने आयोजकले जानकारी दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply