काठेखोला- ७ रेशमा ग्लोबल आईएमई बैंकको शाखा रहित बैंकिङ सेवा विस्तार !

बागलुङ २०७६ बैशाख ३१ । काठेखोला गाउँपालिका–७ रेश नुनथलामा ग्लोबल आईएमई बैकले आफ्नो शाखा रहित बैंकिङ सेवा सुरु गरेको छ । बैकले मंगलबार देखी आफ्नो १ सय ३८ औं शाखा रहित बैंकिङ सेवा सुभारम्भ गरेको हो ।

गाउँगाउँमा सहकारीहरु मार्फत मात्र बित्तिय कारोवार गरेका स्थानीयलाई लक्षित गरेर ग्लोबल बैकंले शाखा रहित बैंकिङ सेवाको विस्तार गरेको हो ।

बैकको काठेखोला गाउँपालिका–७ का वडा अध्यक्ष प्रेम लामिछानेले शुभारम्भ गरेका हुन । शाखाको सुभारम्भ गर्दै लामिछानेले बैकहरुले गाँउ गाउँमा सेवा पु¥याउने निकै राम्रो काम रहेको बताए । उनले पछिल्लो समयमा गाउँमा सहकारीले मात्र वित्तीय कारोबार गर्दै आएकोमा बैंकिङ कारोबार भित्रीय सँगै गाउँका सर्वसाधारण जनतालाई सहज हुने बताए ।

सहकारी मार्फत कारोवार गरिरहेका स्थानीयलाई सेवा दिने र बैंक मार्फत कारोवार गर्ने अबसर स्वरुप कारोबार थालिएको ग्लोबल आईएमी बैंक बागलुङका शाखा प्रबन्धक नारायण प्रसाद पौड्यालले बताए । यस क्षेत्रमा रेमिट्यान्सको कारोवार पनि बढि हुने विश्वास लिईएको छ । बैकको सेवा लिनका लागि लेखानी, विहुँका जनतालाई पनि सुलभ हुने बताईएको छ । बैकले स्थानीय हरि प्रसाद गौतमलाई बैकको प्रतिनिधिको रुपमा नियुक्ति गरि सेवा सञ्चालनको लागी आवश्यक मेसिन तथा प्रमाणपत्र समेत हस्तान्तरण गरेको छ ।

शाखा रहित बैकिंङ सेवाको बारेमा बैंकका कर्मचारी बाबुराम पौडेलले जानकारी गराएका थिए । कार्यक्रम बैंका प्रवन्धक नारायण प्रसाद पौड्यालको अध्यक्षतामा र कर्मचारी खगराज आचार्यको संचानमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *