केन्द्रिय विद्युत प्रशारण लाईन बिस्तारमा बिबाद् : बिना समन्वय गाडिएका एक दर्जन पोल जग्गाधनीले उखेलेर फ्याँके !

छविलाल पाण्डे, बुर्तिबाङ २०७६ बैसाख ३० । ढोरपाटन नगरपालिका १ बुर्तिबाङ्ग बजार सम्म चालु आर्थिक बर्षको असार महिना सम्म ल्याउन लागिएको ११ केभी प्रसारण लाइन विस्तारको क्रममा सेरा फाँटमा विवाद चुलिएको छ ।

बिद्युत प्राधिरकण आयोजनाले आफुहरुसँग समन्वय सरसल्लाह नगरीकन खेतीयोग्य सेरा फाँटको विचबाट पोल गाड्ने र तार टाँग्नेकाम गरीरहेको भन्दै स्थानीय खेतका मोहीहरुले गाडिएको करिब एक दर्जन पोल उखेलेर मिल्काइदिएका छन् । खप्तरीबाङ्गसम्म मध्यपहाडी लोकमार्ग हुँदै सिधा टाँगिएको बिधुत लाईन बजार नजिकै सेरा फाँटमा घुमाइएको र आफुसँग कुनै समन्वय नै नभएका कारण पोल उखेलेर फालिएको स्थानीय गोविन्द खत्रीले बताए ।

यस बिषयमा ढोरपाटन नगरपालिका र जनप्रतिनिधीले समेत समन्वय नगरेको भन्दै स्थानीयबासी आक्रोशित भएका छन । करिब ४० जनाको सहभागितामा गएका स्थानीयले गाडीएको तार सहितको पोल उखेलेर फालेका छन् । उनिहरुले आफनो जग्गामा मनोमानी पोल गाड्दा भविष्यमा घर बनाउन नमिल्ने, पोलको दाँया बाँयाको जग्गा विक्रि गर्न नपाइने, बैँकले कर्जा नदिने जस्ता बिषयमा आफुहरुलाइ समस्या हुने भन्दै पोल ढलाइएको स्थानीयका भनाई छ ।

यस बिषयमा केन्द्रिय प्रशारण लाईन विस्ताको ठेक्का जिम्मा पाएका रेशम गौतम सम्पर्क गर्दा आफहुरुले शव स्टेशन खल्टुबोट देखि बजार तथा निसी भुजी सम्म
पुर्याउनका निम्ती एक लाईन निसीभुजी क्याम्पसरोड हुँदै बजार र तमानखोला गाउँपालिका तर्फ लैजाने र अर्काे लाईन सेरा फाँट हुँदै निसीखोला गाउँपालिका र ढोरपाटन क्षेत्रतर्फ लैजानका निम्ती प्रकृया अगाडी बढाइको र उक्त अवस्थामा स्थानीय जनप्रतिनिधी सँग सम्मोन्य गरेर आफुहरुले काम गरीएको बताए ।

यस बिषयमा आफु बाहिर भएका कारण स्थानीय सँग भेट हुन नसकेको बताउँदै यसको व्यवस्थापनमा स्थानीय तहले भुमिका निर्वाह गर्नुपर्ने बताए ।

उता ढोरपाटन नगरपालिका वडा नं.२ का अध्यक्ष युवराज महतसँग सम्पर्क राख्दा आफुलाई यस बिषयमा कुनै पनी जानकारी नभएको र विकास निर्माणमा सबैले साथ दिनुपर्ने बताए ।

त्यस्तै नेपाल विधुत प्राधिकरण बागलुङ्ग शाखाका प्रमुख कपिलमणि पाण्डेसँग सम्पर्क गर्दा उनले स्थानीय बासिसँग समन्वय नभएका कारण उक्त समस्या आएको हुन सक्ने बताउँदै पुन सरोकारवालाहरु संग समन्वय गरेर विकासको काममा अगाडी बढ्नुपर्ने बताउदै स्थानीयले भनेजस्तै बिधुत प्रसारण लाइन विस्तार थप समन्वय गरेर अगाडी बदिने बताए ।

आफुहरुले बैशाख मसान्त सम्म बुर्तिबाङमा विधुत बाल्ने लक्ष्य लिएपनी केहि प्राविधिक समस्याका कराण ढिलाइ भएको बताउँदै जेठ मसान्तसम्म विधुत बालीने जानकारी दिए । असार पन्ध्र गतेसम्म विधुत बाल्ने म्याद लिएर कम्पनीले काम अगाडी बढाइरहेको छ । यस बर्ष असार सम्म बुर्तिबाङमा विधुत बालेपनी अन्य क्षेत्र निसीखोला ,तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाको अन्य वडाहरुमा समेत चाँडै विधुत पुर्याइने लक्ष्य रहेको पाण्डेले बताए ।

नमुना शहरको रुपमा रहेको बुर्तिबाङ बजारमा लघुजलधिुत आयोजनाको विधुत अपुग भएकै कारण स्थानीयबासिले सास्ती खेप्दै आएका छन् । यस क्षेत्रको सबै भागमा विधुत पुर्याउनेका निम्ती बुर्तिबाङको रिनाममा १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि ढोरपाटन नगरपालिकाले जग्गा उपलब्ध गराएको छ । जग्गा प्राप्तिपछि वितरण प्रणाली सुदृढीकरण आयोजनाले काम थालेको हो ।

सदरमुकामदेखि ढोरपाटनसम्म १ सय २६ र निसीको भलकोटसम्म १ सय ४२ किमि दूरी पर्छ । लामो दूरीमा सोझै बिजुली लैजान नसकिने भएकाले सबस्टेसन निर्माणको काम पनि सँगसँगै थालिएको हो, हचिौरमा निर्माणाधीन सबस्टेसन चालु वर्षभित्रै तयार पार्ने र बुर्तिबाङसम्म लाइन विस्तार गरिने प्रमुख पाण्डेले बताए ।

बुर्तिबाङको सबस्टेसन भने केही वर्षभित्र बन्नेछ । बुर्तिबाङको सबस्टेसन बनिसकेपछि भल्कोटसम्म सहजै बिजुली लैजान सकिनेछ । सदरमुकामदेखि तार तान्दा ६० किमिभन्दा टाढा पर्छ । लामो दूरी बीच सबस्टेसन आवश्यक भएकाले हरिचौर सबस्टेसनबाट तान्ने व्यवस्था मिलाइएको पाण्डेले बताए ।

हरिचौरमा ११ केभीएको सबस्टेसनको निर्माण सम्पन्न हुने क्रममा छ । ढोरपाटन नगरपालिकाले सबस्टेसनका लागि जग्गा र नगरभित्रको विद्युतीकरणमा साझेदारी गर्ने भएपछि काम सुरु भएको हो । मध्यपहाडी लोकमार्ग अन्र्तगत पर्ने १० शहर मध्य बुर्तिबाङ पनी एक नमुना शहरको रुपमा रहेको छ । यस शहरलाई व्यवस्थापन गर्न विद्युत, खानेपानी, सडक, स्वास्थ्य र शिक्षा क्षेत्रको व्यवस्थापन गर्न अति आवस्यक देखिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.