गल्कोट नगरपालिकामा सन्चालित ५ सय २७ योजनामध्य १ सय ८८ योजना सम्पन्न !

गुमानसिँह भण्डारी, गल्कोट २०७६ बैशाख ३० । गल्कोट नगरपालिका भित्रका ५ सय २७ निर्माणधीन योजनाहरु मध्ये हालसम्म १ सय ८८ योजनाको निर्माण कार्य सम्पन्न भएको छ । नगरप्रमुख भरत शर्मा गैरेका अनुसार सम्पन्न १ सय ८८ योजनाहरुको भुक्तानी गैसकेको छ भने बाँकी ३ सय ९९ योजनाको सम्झौता भएको छ जस्मा २ सय ११ योजनाको निर्माण काम चलिरहेको र १ सय २८ योजनाको सम्झौता गर्न बाँकी रहेको छ ।

वडा नम्बर १ मा जम्मा ५५ योजनामध्ये २० योजना सम्पन्न भएको छ । वडा नम्बर २ नरेठाटीमा जम्मा २९ योजनामध्ये १३ योजनाको निर्माण कार्य सम्पन्न भएको वडा अध्यक्ष हिम बहादुर भण्डारीले बताए । वडा नम्बर ३ मा जम्मा ४४ योजनामध्ये २० योजना सम्पन्न भएको अध्यक्ष बीरजङ भण्डारीले जानकारी दिए ।

वडा नम्बर ४ मा जम्मा ४८ योजनामध्ये १४ योजनाको निर्माण कार्य सम्पन्न भएको छ । वडा नम्बर ५ का जम्मा ५२ योजनामध्ये २० योजना सम्पन्न भएको वडा कार्यालयले जनाएको छ । ६ नम्बर वडाका ५९ योजनामध्ये २२ योजना सम्पन्न गरिएको छ । वडा नम्बर ७ का ४७ योजनामध्ये हालसम्म १६ योजनाको काम सम्पन्न भएको वडा अध्यक्ष टिका बहादुर थापाले बताए।

८ नम्बर वडाका जम्मा ४५ योजनाहरू रहेकोमा १३ योजनाको काम सम्पन्न गरि रकम भुत्तानी गरिएको नगरपालिकाका लेखापाल भिष्म थापा मगरले बताए । वडा नम्बर ९ मा ६२ योजनामध्ये २५ योजना, वडा नम्बर १० मा ४१ योजनामध्ये ११ र ११ नम्बर ११ मा जम्मा ४५ योजनामध्ये १४ योजनाको कार्य सम्पन्न भएको योजनाका चिन्तामणि शर्माले बताए । सम्झौता भएका अधिकाशं योजनाको करिब ९० प्रतिशत कार्य सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.