डा. प्रकाशचन्द्र लोहनीहरुले ‘एकीकृत राप्रपा’ नामको अर्को पार्टी खोले !

बागलुङ २०७३ चैत १४ । जन्मदै जुम्ल्याहा जन्मिएको राप्रपामा एक बिडम्वना रहेको छ, त्यो के भने जस्ले चुनावमा हार्छ वा जित्ने संभावना नरहेपछी चुनाव लड्दैन उसले अर्को राप्रपा खोल्छ, त्यस्को पछिल्लो उदाहरण बनेका छन् डा. प्रकाशचन्द्र लोहनी ।

राप्रपा नेपाल र राप्रपावीच एकीकरण पश्चात एक महिना पहिले सम्पन्न राप्रपाको ऐतिहासिक एकता महाधिवेशनमा कमल थापालाई अध्यक्ष बनाउने सर्वसम्मत सहमतिमा हस्ताक्षर गर्ने पार्टीका चार जना शीर्ष नेताहरुमध्यका डा. लोहनीले सहमतिको मसी सुक्न नपाउँदै बक्तव्यवाजी गरेर सहमति खारेज मात्रै गरेनन् कमल थापाको बिरुद्ध अध्यक्ष पदमा उमेदवारी दिने घोषणा समेत गरे । तर, राप्रपा कार्यकर्ताहरुको भावना बुझेपछी उनी चुनाव लडेनन् अधिवेशनावधी भर निस्क्रिय रहे । अधिवेशनको समाप्ती र नयाँ कार्य समितिको गठन पश्चात उनले अध्यक्ष कमल थापाको कार्यशैलीको बिरोध गदै राजिनामा दिएर पार्टीबाट अलग्गिए । अहिले डा. लोहनीले आफनै अध्यक्षतामा एकीकृत राप्रपा नामको ५१ सदस्यीय नयाँ पार्टी गठन गरेको घोषणा गरेका छन् ।

यस एकीकृत राप्रपाको केन्द्रिय समितिमा बिभिन्न समयमा राप्रपा नेपालबाट निष्काशित केशर बहादुर विष्ट, गणेश शेरचन, सगुन लावती, दिलविकास राजभण्डारी, बालकृष्ण न्योपाने लगायत समेटिएको पार्टीका एक केन्द्रिय सदस्यले बताएका छन् । समितिका बाँकी अन्य सदस्यहरुको नाम सार्वजनिक भैनसकेको अवस्था छ ।

राप्रपाको बिडम्वना

* राप्रपाको वीरगन्ज महाधिवेशनमा तत्कालीन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री सूयबहादुर थापा विरुद्ध चुनवा लडेर पराजीत भएका राजेश्वर देवकोटाले हार स्वीकार गर्दै पार्टीलाई मजबुत बनाएर लैजाने अभिव्यक्ति दिएको महिना दिन नबित्दै समानान्तर पार्टी खोलेर पार्टी विभाजित गरेका थिए ।

* पोखरामा सम्पन्न महाधिवेशनमा पशुपति शम्सेर जबरा अध्यक्ष पदमा निर्वाचित भए । उनको कार्यशैलीको विरोध गर्दै पदमसुन्दर लावती समेतको सक्रियतामा राजधानीमा आयोजित पार्टीको केन्द्रिय महाधिवेशनले जबरालाई अविश्वासको प्रस्तावव्दारा अध्यक्ष पदबाट हटाएपछी अधिवेशनले कमल थापालाई अध्यक्ष बनायो । अन्तत: राप्रपा नेपालको जन्मभयो । राप्रपा र राप्रपा नेपाल दुई पार्टी बने ।

* तत्पश्चातको घटनाक्रमलाई नियाल्ने हो भने दुबै राप्रपाभित्र सुख शान्ति देखिएको छैन । राप्रपामा अध्यक्ष पदलाई लिएर कार्यालयमा ताला लगाउने देखी लिएर विभिन्न आरोप प्रत्यारोपको बाढीनै आयो । लोकेन्द्रबहादुर चन्द, पशुपती शम्सेर जवरा र डा प्रकाशचन्द्र लोहनीले आ आपैm अध्यक्ष भएको घोषणा गरेको अवस्थापनि देखियो । कुर्सी छोपाछोप सम्मका घटनाहरु मन्चन भए ।

* राप्रपा नेपालको पछिल्लो अधिवेशनमा अध्यक्ष पदमा कमल थापा संग चुनाव लडेर धेरै मतको अन्तरले पराजीत भएका पदमसुन्दर लावतीले परिणामलाई स्वीकार नगरी राप्रपा समानान्तर पार्टी खोलेरै छोडे ।

* पार्टी कार्यकर्ताहरुको दबाब र नेताहरुको लामो प्रयास पछी दुबै पार्टी एक भएर ऐतिहासिक एकता महाधिवेशन सम्पन्न भएको एक महिनाको हाराहारीमा आएर डा. लोहनीहरुको सक्रियतामा एकीकृत राप्रपाको जन्म भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.