थापाले भनिन् – ‘जनताको सेवामा समर्पित रहने प्रहरीलाई धन्यवाद !’

स्याग्जा २०७६ बैशाख ३० । ईलाका प्रहरी कार्यालय चिसापानी स्यांग्जाले बेबारिसे अवस्थामा फेला परेको गहना, नगद तथा महत्त्वपूर्ण कागजात सम्बन्धित ब्यक्तिलाई हस्तान्तरण गरेको छ । ईलाका प्रहरी कार्यालयाका प्रहरी निरीक्षक हरि बहादुर क्षेत्री नेतृत्वमा रहेको गस्ती टोलीले हरिनास गाउँपालिका( २ स्थित कच्ची सडकमा लेडिज व्याग फेला पारेको थियो । व्याग भित्र रहेको चालक अनुमती पत्रको आधारमा पहिचान गरि हरिनास गाउँपालिका २ निवासी भगवती थापालाई वडा अध्यक्ष परशुराम सिग्देल र समाजका अन्य व्यक्तित्वको उपस्थितीमा सामान हस्तान्तरण गरिएको प्रहरी निरिक्षक क्षेत्रीले बताए ।

आइतबार एक कार्यक्रमका विच लेडिज पर्स भित्र रहेको सवा तोलको सुनको सिक्री एक थान , सुनको औँठी एक थान, नगद ८ हाजर ४ सय ५० तथा ब्लुबुक , लाइसेन्स, नागरिकताको प्रमाणपत्र लगाएतका सामान हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा भगवती थापाले पर्स हराएपछि आफुले आस मारिसकेको भए पनि जनताको सेवकले फेला पारेकोले आफुले पाउन सफल भएको बताउदै प्रहरीलाई धन्यवाद ज्ञापन गरेकी थिईन् । थापाले भनिन्- ‘प्रहरी जनताको सेवामा समर्पित रहने गरेको यस्ता कुराबाट प्रमाणित हुन्छ ।’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.