काठेखोलामा एक दर्जन महिला समुहलाई ब्यवस्थापन सामग्री हस्तान्तरण !

कोपिला कंडेल, बागलुङ २०७६ बैशाख ३० । काठेखोला गाउंपालिका ६ बिहुंले वडा भित्रका महिला कृषक समुह तथा स्वास्थ्य स्वयंसेविकाको लागि ब्यवस्थापन सामग्री वितरण गरेको छ ।

आर्थिक बर्ष २०७५÷ ०७६ को कार्यक्रम अन्र्तगगत महिला स्वास्थ्य स्वयं सेविका र वडाका महिला कृषक समुह गरी १२ समुहलाई एक÷ एक थान दराज कार्यालय संचालन सम्बन्धी खाता सेट बोर्ड तथा स्वयं सेविकालाई झोला एबं अन्य सामग्री वितरण गरिएको वडा अध्यक्ष युक्त प्रसाद कंडेलले जानकारी दिए ।

उक्त सामग्री हस्तान्तरण गर्दै काठेखोला गाउंपालिकाका अध्यक्ष अमर थापाले महिलाको स्वास्थ्य सवलिकरण एबं शसक्तिकरणका लागि वडाले यस्ताखाले कार्यक्रम ल्याएको बताउनुभयो । उहांले वडा लगायत गाउंपालिकाको सम्मृद्धिका लागि सबै एक हुनुपर्नेमा जोड दिए ।

त्यसैगरी वडा नम्वर ६ का अध्यक्ष युक्तप्रसाद कंडेलले पिछडिएका वर्ग र समुदायको हकहित सहित समग्र वडाको सम्मृद्धिका लागि आफुले सक्दो प्रयत्न गर्ने बताउनुभयो । कार्यक्रमको उदेश्य बारे वडा सदस्य मनोहर कंडेलले प्रकाश पारेका थिए ।

कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष शोभा कंडेलको अध्यक्षता ज्ञान ज्योती कृषि सहकारी संस्थाका अध्यक्ष कल्पना कंडेलको स्वागत मन्तब्य र वडा सदस्य सम्झना बोहोराको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *