जन्ती लिएर तमानको पात्ले जाँदै गरेको पीकअप जीप दुर्घटना, घाईते मध्य दुईजनाको अवस्था गम्भीर !

गम्भीर घाईतेहरुलाई थप उपचारका लागी नगरप्रमुख नेपालीव्दारा आर्थिक सहयोग !

सुमन सुनार, बुर्तिबाङ २०७६ बैशाख ३० । आईतबार पौने ५ बजेको समयमा ढोरपाटन नगरपालिका वडा नं. ३ घोसाबाट जन्ती लिएर तमानखोला गाउँपालिका वडा नं. ६ पात्ले जाने क्रममा ग २ च ३०२८ नम्बरको बोलेरो पिकप जिप दुर्घटना भएको प्रहरी चौकी बोंगादोभानले जनाएको छ ।

ढोरपाटन नगरपालिका वडा नं. ३ का स्थानिय युवा सुशिल सुनारको विवाहमा माइती भेट्न जाने क्रममा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका मध्य २ जनाको अवस्था गम्भीर रहेको प्रहरीचौकी बोंगादोभानका प्रहरी सहायक निरीक्षक पदम बहादुर नेपालीले ईबागलुङलाई जानकाी दिए । गम्भीर घाइते ढोरपाटन नगरपालिका वडा नं. ३ घोसाका ५८ बर्षिय जगमान सुनार (दुलाहको बुवा) को टाउको र दाहिने पट्टी पाखुरामा गम्भीर चोट लागेको छ भने तमानखोला गाउँपालिका वडा नं. २ का ४२ बर्षिय बाटुली कमिनीको दाहिने हात र छातीमा गम्भीर चोट लागेको प्रहरी सहायक निरिक्षक नेपालीले ईबागलुङलाई बताए । गम्भीर घाईते सुनार र कमिनीको ढोरपाटन नगरपालिकाको बुर्तिबाङ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि थप उपचारका लागि पाल्पा रिफर गरिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. कृष्णहरी श्रेष्ठले बताए ।

गी पाल्पा सम्म पुग्नका लागि आर्थिक अभाव भैरहेको जानकारी पाएपछी ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले आर्थिक सहयोग गरेका छन् । उनिहरुको जीवन रक्षाका लागि नगर प्रमुख नेपालीले तत्काल बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर आर्थिक सहयोग गरेका हुन् । यस्ता खालका विपत्ती जसलाई पनि पर्न सक्ने भन्दै नगर प्रमुख नेपालीले आ–आफ्नो स्थानबाट दुर्घटनामा परेकाहरुको सहयोगमा जुट्न सबैमा आग्रह गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे । आपत बिपदमा परेका दीन दुखी पीडितहरुलाई नगरप्रमुख नेपालीले आर्थिक सहयोग गर्दै आएका छन् ।

यसैविच गम्भीर घाइतेहरुलाई थप उपचारका ला
यस्तै अन्य घाइतेहरु ढोरपाटन नगरपालिका–३ घोसाका वर्ष ३७ का काजी विक, घोषा कै ६१ बर्र्षीय तिल बहादुर श्रीपाली र तमानखोला गाउँपालिका–१ रिक्लाङकी निर्मला श्रीपालीको अवस्था सामान्य रहेको र उनिहरुको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

उक्त बोलेरो जिपमा १४ जना जन्ती सवार थिए । घुम्ती संगै उकालो बाटो भएको बाँसघारी भन्ने स्थानमा एक्कासी विपरीत दिशाबाट करिव ६, ७ ओटाको संख्यामा भैँसीहरु आएपछि ब्रेक लगाएर अगाडी बढ्ने क्रममा पिकअप जिप दुर्घटना भएको अनुसन्धानका क्रममा खुलेको बोंगादोभान प्रहरी चौकीले जनाएको छ । प्रहरी सहायक निरिक्षक नेपालीका अनुसार जिप मोटर बाटो देखि करिव १५ मिटर तल खसेको छ । सवारी चालक तमानखोला गाउँपालिका–६ पात्लेका ३७ बर्षिय लाल प्रसाद आचार्य प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरी सहायक निरिक्षक नेपालीले बताए ।

स्मरणीयछ, आईतवार नै पौने ४ बजेको समयमा बुर्तिवाङ देखी बडीगाड ९ बल्घास जाँदै गरेको पीकअप जीप खप्तडीबाङमा दुर्घटना हुँदा एक जना गम्भीर घाईतेलाई थप उपचारका लागी पाल्पा रिफर गरिएको छ भनै अन्य २ जना घाईतेहरुको स्थानीय प्राथमिक उपचार केन्द्रमा सामानय उपचार पछी घर फर्किएको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.