बुर्तिवाङ देखी बल्घास तर्फ जाँदै गरेको जीप खप्तडीवाङमा दुर्घटना, तीनजना घाईते !

राजु आचार्य, बुर्तिवाङ २०७६ बैशाख २९ । बुर्तिवाङ देखी बडीगाड गाउँपालिका ९ बल्घास तर्फ जाँदै गरेको पीक अप जीप दुर्घटना भएको छ । करीव ३.४५ बजेको समयमा तीनजना यात्रुलिएर बल्घास तर्फ जाँदै गरेको लु १ च ९८५२ नंको पीकअप जीप बुर्तिवाङको खप्तडीवाङमा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक ओमप्रकाश यादवले जानकारी दिए ।

दुर्घटनामा घाईते हुनेहरु मध्य गुल्मी जिल्ला मालिका गाउपालिकाका ६४ वर्षिय मदनबहादुर घर्तीलाई थप उपचारका लागी पाल्पा लगिएको छ भने अन्या २ जना घाईते बुर्तिवाङ प्राथमिक उपचार केन्द्रमा सामान्य उपचार पछी घर फर्किएको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.