नेपाल शिक्षक संघव्दार शैक्षिक जागरण अभियान संचालन : ५२ जना शिक्षक सम्मानित !

बागलुङ २०७६ बैशाख २९ । नेपाल शिक्षक संघ बागलुङले काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तरगत शैक्षिक जागरण अभियान संचालन गरेको छ ।
संघले जिल्लाको पश्चिम निसीखोलाको राजकुटमा शैक्षिक जागरण कार्यक्रम एवं शिक्षकहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
शिक्षक सेवा आयोगको आन्तरिक प्रशिस्पर्धाबाट स्थायी हुन सफल भएका शिक्षकहरुलाई सम्मान गरेको छ । शिक्षक संघले आफ्नो ३० औै स्थापना दिवसमो अवसरमा शिक्षक संघ निसीखोला गाउँपालिकाको संयोजनमा सम्मान गरेको हो ।

आन्तरिक प्रशिस्पर्धा मार्फत स्थायी हुन सफल शिक्षकहरुलाई थप प्रेरणा प्रदान गर्ने उद्देश्यले उनिहरुलाई बधाई तथा सम्मान गरेको शिक्षक संघ बागलुङका अध्यक्ष उमकान्त पौडेलले बताए । पहिलो चरणको कार्यक्रम अन्तरगत जिल्लाको पश्मिम बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमाखोला गाउँपालिकाका शिक्षकलाई सम्मान गरिएको हो । जस मध्ये ढोेरपाटनमा ७ जना निसीखोलामा १२ जना, बडीगाडमा २० जना र तमाखोलामा १३ जना रहेको शिक्षक संघले जनाएको छ ।

सम्मान कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापाले शिक्षित समाज निर्माणका लागि शिक्षकहरुको महत्वपर्ण भुमिका हुने बताएका छन । उनले काँग्रेसले दृढ संकल्पका साथ राष्ट्रिय जागण अभियान संचालन गरेको बताए । कार्यक्रममा नेपाल शिक्षक संघ बागलुङ जिल्ला अध्यक्ष उमकान्त पौडेल, शिक्षक संघ निसीखोला गाउँपालिका–२ का संयोजक लेखा कुमारी घर्ति बस्नेत, लगायतले बोलेका थिए । कार्यक्रम शिक्षक संघ निसीखोला गाउँपालिका संयोजक मानबहादुर केसी (भक्त)को अध्यक्षता अन्नपुर्ण आधारभुत माविका प्रध्यानध्यापक विनु कुमारी रामजालीको स्वागत र नेपाल शिक्षक संघ बागलुङका सचिव अर्थ लक्ष्मीकान्त पौडेल (राजेन्द्र)को संचालनमा सम्पन्न भएको हो । संघले आगामी दिनमा जिल्लाका अन्य स्थानिय तहका शिक्षकहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.