सदरमुकाम आएर बसोबास गर्ने रेशालीहरुव्दारा रेश समाज गठन, कुवँर बने अध्यक्ष !

बागलुङ, २०७६ बैशाख २९ । काठेखोला गाउँपालिका वडा नं.७ (साविक रेश गाविस) बाट बागलुङ बजारमा आई स्थायी तथा अस्थायी बसोबास गर्ने रेशालीहरुको भेला शनिवार सम्पन्न भएको छ ।

रेशबाट बागलुङ बजारमा आई पेशा व्यवसायमा संलग्न तथा स्थायी रुपमा बसोबास गर्नेहरुबीच समन्वय, सहकार्य र आपसी सद्भाव बढाउन तथा रेशको आर्र्थिक सामाजिक विकासमा योगदान गर्ने उद्देश्यका साथ भेला आयोजना गरिएको आयोजकले जनाएका छन् ।

भेलामा जनकल्याण आधारभूत विद्यालय रेशका पूर्व प्रधानाध्यापक इश्वरीप्रसाद गौतमले अप्ठेरोमा आफ्नाहरुको आवश्यकता हुने भएकाले गाउँवासीहरुको समाज निर्माण गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । भेला आयोजक समितिका संयोजक धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी संस्थाका अध्यक्ष डिलबहादुर कार्कीको अध्यक्षतामा भएको भेलाको उदेश्य र समाजका सदस्यहरुको भूमिकाका विषयमा राष्ट्रिय सहकारी बैंकका केन्द्रीय सञ्चालक रामबहादुर जिसीले जानकारी गराएका थिए । उनले रेशवासीहरुलाई पर्ने समस्याहरुको मिलेर समाधान गर्न र गाउँको विकासका लागि ऐक्यवद्धताका साथ अगाडि बढ्नका लागि समाज गठन गर्न आवश्यक रहेको बताए ।

रेशवासीहरुको भेलाले होटल व्यवसायी तालबहादुर कुँवरको अध्यक्षतामा १५ सदस्यीय रेश समाज बागलुङ गठन गरेको छ । समाजको उपाध्यक्षमा भूमाकली गौतम, सचिवमा बलराम गौतम, सहसचिवमा देवी कार्की र कोषाध्यक्षमा एचक बहादुर जि.सी. (प्रेम) रहेका छन् ।

समितिका सदस्यहरुमा कृष्णबहादुर कार्की, भोजलाल जि.सी, ज्ञानु जि.सी, खड्कबहादुर कुँवर, नरबहादुर कार्की, डिलबहादुर कार्की, माया थापा मगर, पवित्रा कार्की (जुना), मंगा कार्की र सुरेन्द्र वि.क रहेका छन् ।

नवगठित रेश समाज बागलुङका पदाधिकारी तथा सदस्यहरुलाई भेला संयोजक डिलबहादुर कार्की, आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) र निर्माण व्यवसायी मिलन कुँवरले वधाई ज्ञापन गर्दै रेशवासीहरुको सुख दुखको साथी बन्न समितिलाई सुझाव दिएकी थिईन् ।

कार्यक्रममा समाजका अध्यक्ष तालबहादुर कुँवरले रेशबाट बागलुङ बजारमा आई स्थायी वा अस्थायी बसोबास गर्ने सबैलाई सदस्य बनाउने र उनीहरुको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रम डिलबहादुर कार्कीको अध्यक्षता, थानेन्द्रप्रसाद गौतमको स्वागत र बलराम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.