काठमाडौमा ताराखोला काठमाडौ विद्यार्थी मञ्च गठन !

ताराप्रसाद शर्मा, बागलुङ २०७६ बैशाख २८ । बागलुङ जिल्लाको ताराखोला घर भई राजधानी काठमाडौमा अध्ययन गर्दै गरेका विद्यार्थीहरुको भेलाले ताराखोला काठमाडौ विद्यार्थी मञ्चको गठन गरेको छ । जन्म गाउँ घर छोडेर अध्ययनको शिलाशिलामा काठमाडौ रहदै आएका विद्यार्थी बिच निरन्तर भेटघाट तथा सहयोग आदान प्रदान गर्ने र बिभिन्न रचनात्मक कार्यक्रम गर्ने उद्देश्यले मञ्च गठन गरिएको हो ।

भेलाले याम रोका मगरको संयोजकत्वमा बिभिन्न उपसमिति सहित ’ताराखोला काठमाडौ विद्यार्थी मञ्च’को गठन गरेको छ । सहसंयोजकमा इन्द्रा रोका ’अलिशन’ सदस्य सचिवमा आरपि निउरे, आर्थिक संयोजकमा नारायण रोका रहुन भएको छ । सदस्यमा एसिन रोका, नारायण घिमिर,े भिमसेन घर्ती, बमन रोका, बिमला घर्ती, प्रविन कार्की, ओम रोका, सोवियत रोका, लेनिशा घर्ती, किरण रोका, तारा बुढाथोकी, हेम रोका, निता घर्ती मगर र किरण घर्ती रहेका छन् ।

मंचले विद्यार्थीहरुको हक हितमा समर्पित हुँदै विभिन्न शैक्षिक कार्यक्रमहरु , चेतनामुलक कार्यक्रमहरु गर्ने, ताराखोला गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रहरुको उजागर एवं प्रचार प्रसार गर्न, व्याप्त कुरिती कुसंस्कार विरुद्ध जनचेतना फैलाउन, स्थानीय उत्पादन,संस्कृति सम्पदाको विकासको लागि गाउँपालिकासँग हातेमालो गर्दै अगाडि बढ्न मञ्च गठन गरिएको जनाएको छ ।

त्यसैगरि मंचले ताराखोला गाउँपालिका सम्बन्धित लेख रचनाहरु, तस्बिरहरु संकलन गर्दै आउँदो दशै तिहारको अवसरमा पुस्तक प्रकाशन गर्ने पनि निर्णय गरेको संयोजक याम रोकाले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *