पाण्डवखानी चिप्लेटीघाट झोलुङ्गे पुलको शिलान्यास !

सुरेश छन्त्याल, पाण्डबखानी २०७६ बैशाख २८ । गलकोट नगरपालिका १० पाण्डबखानीमा चिप्लेटी झोलुङ्गे पुलको आज शिलान्स गरिएको छ। गलकोट नगरपालिका १० पाण्डबखानीका वडा सदस्य धनबहादुर सुनारले पुलको शिलान्स गरेका हुन् ।

गलकोट नगरपालिकाबाट बिनोयोजित ३,११,४४१,क्षेत्रगतबाट ४१,९०,६८२,श्रमदानबाट र अन्य गरि अनुमान कुल ५,१९,६९३ लागतबाट निर्माण हुन लागेको पुलबाट १८१ घरदुरी र पाण्डबखानी, सिसाखानी, रिघा, जलजला र दगाडुङ्डाडाका जनताले सेवा लिन सक्ने निर्माण समितिका अध्यक्ष भिम श्रीसले जानकारी दिए। २०७५ चैत २० गतेबाट निर्माण कार्य सुर भएको र असार मसान्त भित्र सम्पूर्ण काम सकिने बताइएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.