गायिका शाहको गुनासो : कसमै तोडी जानेलाई के भन्नु र खै ? (भिडियो)

बिबेक कार्की / नेपाली संगीत क्षेत्रमा थुप्रै कलाकारहरु छन् तर सबै स्थापीत पक्कै छैनन् । आवरणलाई मात्र हेरेर आउनेहरु खहरे खोला जस्तै आउछन् जान्छन्, छोटो समय मात्र टिक्छन तर साधना गर्नेहरु टिकिरहन्छन् । यस्तै संगीत जीवनका लागि साधना मेरुदण्ड हो, साधना विना संगीत जीवनको कल्पना समेत गर्न नसकिने बताउदै यहि क्षेत्रकी एक गायिका सीमा शाहले आफ्नो जीवनको अनुभव पनि त्यस्तै सुनाएकी छिन् ।

वि।सं। २०६० सालमा “कसरी बोलाउँ मायालु तिमीलाई” भन्दै संगीत यात्रा आरम्भ गरेकी उनले अर्को गीतलाई झण्डै सात वर्षसम्म बोलाउन सकिनन्, कारण थियो साधना ।

आफ्नो व्यक्तिगत केहि समस्याका बिच रहँदा उनले साधना गर्न पाईनन् अनि गीतहरु पनि रेकर्ड हुन सकेनन् । रत्नबहादुर खड्गीको संगीत र राम भट्टराईका शब्दहरुमा २०६० सालमा पहिलो पटक आवाज भरेकी त्यीनै गायिका सीमा शाहले फेरी संगीत साधनालाई निरन्तरता दिदैं २०६८ सालमा “सीमा” नामको एल्बम बजारमा ल्याईन । त्यसपछि उनलाई पछि फर्केर हेर्नुपरेको छैन । बिभिन्न सांगीतिक कार्यक्रम,मेला महोत्सवमा उनको माग बढ्दो छ । अहिले उनि निरन्तर साधना गर्छिन् र संगीतको औपचारिक शिक्षा पनि लिईरहेकि छिन् । तारा देवी र आशा भोश्लेको आवाजबाट प्रभावित भएर यो क्षत्रमा लागेको उनलाई सफल गायिका बनेर स्थापित हुने ठुलो ईच्छा छ । पहिलो एल्बमपछि दुई दर्जन फुटकर गीतहरुमा आवाज भरेकी सीमाले यो वर्ष ” सीमा २” लीएर बजारमा आएकि छिन्।

एल्बममा सातवटा गीत समावेस गरिएको छ । जसमा फुल हुँ म डाली डाली,मेरो हर श्वासमा,कसमै तोडी जानेलाई,भुलुँ कसरी,किन जुधे आँखा भन्थें,अल्झिदा एकैछिन् बोलका गीतहरु समावेस गरिएको छ । सन्तोष पोख्रेल, सारिका घिमिरे, समीर राई, शंकर श्रेष्ठ, लय संग्रौला, अशोक महर्जन, ललित कुवँर लगायतका सर्जकहरुको शब्द रहेको एल्बममा बिक्रम थापा, करनराज कार्की, शंकर श्रष्ठ, अशोक महर्जन, राम थापा र रत्नबहादुर खड्गीले संगीत भरेका छन् । पछिल्लो समय एल्बमको भिडियोले राम्रो चर्चा बटुलीरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *