निर्माण व्यवसायी खड्काद्वारा रुद्रेपिपल माबिका विद्यार्थीलाई निःशुल्क जार र डिस्पेन्सर हस्तान्तरण !

सुवास गौतम, बागलुङ २०७६ वैशाख २७ । जिल्लाको नमूना विद्यालयको रुपमा परिचित रुद्रेपिपल माध्यमिक विद्यालयमा शुद्ध खानेपानी व्यवस्थाका लागि विद्यार्थीहरुलाई निःशुल्क जार र डिस्पेन्सर प्रदान गरिएको छ । बागलुङ जिल्लामा क्रियाशिल निर्माण व्यवसायी कुमार खड्काले प्रत्येक कक्षामा खानेपानीको व्यवस्थापनका लागि १८ थान जार र डिस्पेन्सर वितरण गरेको जानकारी दिएको बताए ।

विद्यालयमा विद्यार्थीे समस्या हरुको चाप अत्याधिक भएका कारण खानेपानीको समस्या हुन सक्ने भन्दै कक्षा कोठाबाटै खानेपानीको प्रवन्ध मिलाएको विद्यालयका प्रधानध्यापक राजेश श्रेष्ठले बताए । ‘विद्यालयमा रहेको युरोगार्डबाट पानी जारमा भरेर डिस्पेन्सर मार्फत कक्षा कोठामै खानेपानीको प्रयोग गर्न सक्नेछन्’ प्रधानध्यापक श्रेष्ठले भनाई थियो ।

सदरमुकाम भित्र रहेको विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था गरेपनि विद्यार्थीको चापका कारण समस्या भएको थियो । खड्काले कक्षा कोठामै शुद्ध खानेपानी व्यवस्थापनका लागि करिव १५ हजार बराबरको खानेपानी जार र डिस्पेन्सर प्रदान गरेको विद्यालयले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.