हटिया गौदी खोलाको मोटरेबलपुल तत्काल निर्माण नगरे ठेकदारलाई कार्बाही गरिने प्रजिअको चेतावनी !

सुरक्षालाई लिएर प्रहरीले कसैलाई काखा, पाखा नगरेको प्रहरी उपरीक्षक शर्माको दाबी !

गुमानसिँह भण्डारी, गल्कोट २०७६ बैशाख २७ । जिल्ला प्रहरी कार्यालय बागलुङको आयोजनामा आज गल्कोट नगरपालिका ३ हटिया बजारमा सम्पन्न नागरिक सुनुवाई कार्यक्रममा बोल्दै नवागत प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले हटिया देखी गल्कोट नगरपालिकाको कार्यालय जोड्ने गौदी खोलाको मोटरेबल पुल तत्काल सुचारु गर्न निर्देशन दिने बताएका छन् ।

गत २०७६ साल बैशाख १ र २ गते गल्कोट उपत्यकामा आएको बेमौषमी वर्षा, हावा हुरी, बाढी पहिरोले निर्माण सामाग्री बताएको कारण देखाएर पुल निर्माण गर्ने कार्य स्थगित गरी हिँडेको भन्ने गल्कोटका नागरिकहरुले नागरिक सुनुवाई कार्यक्रममा आक्रोश व्यक्त गरेपछी प्रमुख जिल्ला अधिकारी क्षेत्रीले तत्काल ठेकदारलाााई सम्पर्कमा ल्याई काम सुचारु गर्न लगाउने प्रतिवद्धता जनाएका हुन् । उनले ठेकदार सम्पर्कमा आउन नखोजे प्रहरी लगाएरै भएपनि खोजी गरिने बतााए ।

प्रमुख जिल्ला अधिकारी क्षेत्रीले सार्वजनिक ठाउमा कुनै पनि सरकारी तथा अन्य नागरिकले धुम्रपान, मध्यपान सेवन नगर्न आग्रह गर्दै कसैले यस्तो गरेमा आवश्यक कार्वाही हुने चेतावनी पनि दिए । जिल्लाको शान्ति सुरक्षाका लागि आफु तत्पर भएर लाग्ने प्रजिअ क्षेत्रीको भनाई थियो ।

कार्यक्रममा बोल्दै गल्कोट नगरपालिकाका नगरउपप्रमुख रेनुका काउचा मगरले नागरिकको समस्या समाधान गर्नका लागि न्यायिक समिति त्रिmयाशील बनिरहेको बताउदे हिजोका दिनमा जनताले भोग्नु परेको समस्या समाधान गर्नका लागि समिति अग्रसर रहेको बताईन् । उपप्रमुख काउचा मगरले प्रसाशन र नागरिकसङ्ग समन्वय गरि अगाडि बढने पनि विश्वास दिलाएकी थिईन् ।

कार्यत्रmममा गल्कोट नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत शिशिर पौडेल, नेकपाका ललित श्रीस, नेपाली कांग्रेसका यम श्रीस, राष्ट्रिय जनमोर्चाका बेदिलाल सापकोटा, गलकोट नमुना माबिका प्रअ देबेन्द्र खत्री लगायतले बोलेका थिए ।

सो अवसरमा स्थानिय ज्ञान बहादुर थापा, नम कुमारी सापकोटा, शम्मिकपुर श्रेष्ठ, कौशिला घर्ती, छुम बहादुर थापा, खिम साहानी, तिलक उप्रेति, हरि चालिसे, तारा बहादुर अधिकारी, राम बहादुर खत्री लगायतले बिभिन्न जिज्ञासा तथा गुनासाहरु राखेका थिए ।

बिशेष गरि बजारमुखी सुरक्षा ब्यवस्था हुदा गाउमा बिकृति भित्रिएको, राजनैतिक दबाबका कारण पीडितले न्याय पाउन नसकेको, लाईसेन्स नभएकाले सवारी चलाउदा चिट मात्रै काटेर छोडने, गाउघरमा सहज रूपमा चल्न नसक्ने प्रहरीको सवारी हुदा सुरक्षा ब्यवस्थापनमा समस्या भएको, सुरक्षा सम्बन्धि जनचेतनाको अभाव, बजार क्षेत्रको बिद्यालयमा तीब्र गतिमा बाईक लगायतका सवारी साधनहरुबाट निस्किने ध्वनि प्रदुषणका कारण शैक्षिक त्रिmयाकलापमा समस्या भएको, बाढीको नाममा सामाग्री बगाएको भन्दै हटिया, हरिचौर जोडने पुलको निर्माण कार्य रोकेको, लगायतका बिषयहरू राखेका थिए ।

स्थानियको गुनासो तथा जिज्ञासालाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले प्रहरीले सुरक्षाको हिसावमा कसैलाई काखा, पाखा नगरेको दाबी गर्दै गरिब, विपन्न तथा राजनीतिक पहुच कम भएकाले न्याय पाएनन भन्ने गुनासो कम भएको बताए । प्रहरी उपरीक्षक शर्माले यस्ता खाले समस्या भए आफुलाई सम्पर्क गर्न समेत आग्रह गरे । उनले समाजमा शान्ति ब्यवस्था कायम गर्नका लागि सर्वप्रथम नागरिक स्वयं अग्रसर हुनुपर्ने बताउदै कुनै पनि सवारी साधन चलाउन लाईसेन्स अनिवार्य हुने बताउदै चिट काटेर छोडने प्रबृति गलत भएको बताए । लाईसेन्स नभएकालाई ट्राफिक प्रहरीले चिट काटेर छोडे प्रहरीलाई समेत कार्वाहि हुने प्रहरि प्रमुख शर्माले जानकारी दिए । लागु पदार्थको बिषयमा नगरपालिकाले ल्याउने नितिमा रहेर प्रहरीले समन्वय गर्ने प्रउ शर्माको भनाई थियो ।

समाजमा हुने अपराधको बिषयमा आफुलाई जानकारी दिन अनुरोध गर्दै शर्माले सूचना दिने ब्यत्तिmको नाम गोप्य राखिने पनि बताए ।

कार्यत्रmम गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षता र ईलाका प्रहरी कार्यालय गल्कोटका प्रमुख केशव बित्रmम थापाको संचालनमा सम्पन्न भएको थियो ।

यी लिंकहरु पनि पढौँ :
* यी हुन्, जिल्लामै गन्हाएका गल्कोटको शिवालयघाट र पचुवाघाटमा निर्माणाधीन मोटरेबल पुलहरु !

** सडक डिभिजन र ठेकदारको मिलिभगतले गल्कोटका दुई मोटरेबल पुल तीन वर्ष देखी अलपत्र !

*** यहि गतिले निर्माण कार्य हुने हो भने यो मोटरेबल पुल अझै तीन वर्ष बन्दैन !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.