दश जना प्रजिअ फेरिदा पनि जिल्ला प्रशासनको भवन अधुरै ! ठेक्का रद्द गरी नयाँ ठेकदारबाट निर्माण गर्ने प्रशासनको तयारी !

बागलुङ २०७६ बैशाख २७ । जिल्ला प्रशासन कार्यालय बागलुङको नयाँ भवन २०७२ साल फागुन ११ गते सम्पन्न गर्ने गरी २०७० साल फागुन ११ गतेका दिन शहरी विकास कार्यालय बागलुङ र जयबाबा गोरख कन्स्ट्रक्सन वीच ठेक्का सम्झौता गरिएको भएपनि २०७६ साल बैशाख महिना बित्न लाग्न सक्दा सम्म निर्माण सम्पन्न भएको छैन, भवन अलपत्र छ । जबकि जिल्ला प्रशासन कार्यालय नेपाल रेडक्रस सोसाईटी बागलुङको भवन भाडामा लिएर कार्यालय सन्चालन हुँदै आएको छ ।

करीब ३ करोड ८० लाख रुपयाँ लागतको यो निर्माणाधीन भवन सम्झौता अनुसारको मितिमा ठेकेदार कम्पनिले सम्पन्न गर्न नसकेर सम्पर्कविहीन बनेपछी वीचमा २०७४ साल भदौ ८ गते सम्म म्याद थप गरिएको शहरी विकास कार्यालय बागलुङका ईन्जिनियर तेजेन्द्र पौडलले जानकारी दिएका थिए । ईन्जिनियर पौडेलका अनुसार ठेकदारलाई त्यसबखत सम्म रु १ करोड ६६ लाख २२ हजार रकम भुक्तानी गएको छ ।

२०७५ साल जेठ १८ गते ठेकदार श्याम कुमार श्रेष्ठ (जयबाबा गोरख कन्स्ट्रशन) ले दुई महिन भित्रै निर्माण कार्य सम्पन्न गर्ने प्रतिवद्धता जनाउदै निर्माणाधीन भवनमा एकै पटक ३।३ डोजर प्रयोग गरेर काम सुरुगरेको नाटक मन्चन गरेर फेरी बेपत्ता भएका हुन् ।

त्यतिबेलै जिल्ला प्रशासन कार्यालयका लेखापाल प्रकाश सुवेदीले ईबागलुङलाई भनेका थिए ‘दुई महिनामै सक्छु भनेपनि यी ठेकदारहरुको बोलिमा विश्वास गर्न सकिन्न ।

तत्कालीन प्रमुख जिल्ला अधिकारी कैलाशनाथ खरेलको कार्यकालमा भवन निर्माणका लागी बजेट निकासा भएर तत्कालीन प्रमुख जिल्ला अधिकारी बलदेव गौतम (२०७०) व्दारा शिलान्यास गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङको निर्माणाधीन नयाँ भवनले हाल सम्म १० जना प्रमुख जिल्ला अधिकारीहरुलाई अनुहार देखाई सकेको छ । प्रमुख जिल्ला अधिकारीहरु शेषनारायण शर्मा, विष्णुप्रसाद पोखरेल, भागिरथ पाण्डे, ऋषिराम तिवारी, विष्णुबहादुर थापा, शेष नारायण शर्मा र बेद प्रसाद खरेल सबैको प्रयास समयमै भवन निर्माण होस भन्ने थियो । तर ठेकदार कम्पनिले टेरपुच्छर लगाएन, अधुरै काम छोडेर बेपत्ता रहेको छ ।

केहि दिन पहिले ४६ औँ प्रमुख जिल्ला अधिकारीको रुपमा बागलुङ आईपुगेका क्षत्रीले पदबहाली गरिरहँदा निर्माण व्यवसायीहरुलाई निर्माण ठेक्का सम्पन्न गर्न कदम चाल्ने प्रतिवद्धता व्यक्त गरेकाले यस निर्माणाधीन भवनप्रति ध्यानाकर्षण भएको ठम्याउन गाह्रो थिएन ।

नवागत प्रजिअ क्षेत्रीले ठेकदारलाई ल्याएर निर्माणाधीन भवन पूरा गर्न लगाउने र अटेर गरेर नआएमा ठेक्का रद्द गरी नयाँ ठेकदार कम्पनिव्दारा भवन निर्माण गराउने मनस्थितिमा रहेको प्रशासन श्रोतले बतायो ।
यो लिंकपनि पढौँ
दुई वर्षमा सम्पन्न हुनु पर्ने जिल्ला प्रशासन कार्यालयको भवन चारवर्ष देखी अधुरै, को हो यस्को जिम्मेवार ?

अन्चल अस्पताल र जिल्ला प्रशासनका निर्माणाधीन भवन ठेकदारहरुको बदमाशीको ज्वलन्त उदाहरण !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.