जापान ओसाकाका संघ सँस्था देखि नेपालीहरूको मन मुटुमा बस्न सफल कलाकार कुलविर थापा !

मेघराज रिष्मेली जापान ,२०७६ बैशाख २६ । हाल जापानको ओसाकामा रहेर संगीतिक यात्रामा लम्कदै गरेका लोक दोहोरी गायक कुलबिर थापा बिस्तारै ओसाकावासी नेपालीहरुको मनमा बस्न सफल हुँदै गएका छन। ओसाका तथा आसपासमा हुने संगीतिक कार्यक्रममा प्राय आफ्नो प्रस्तुती दिन पुग्ने थापाले आफ्ना हरेक प्रस्तुती मार्फत दर्शकलाई भरपुर मनोरन्जन प्रदान गर्ने गरेका छन । बि स २०४५ पुस १९ गते गल्कोट नगरपालिका मल्ममा बुबा सुबेदार टिकाबहादुर थापा र आमा रत्न थापाको कान्छा सन्तानको रूपमा जन्मिएका थापा सानै देखि चन्चले स्वभाबका थिए। गित संगित प्रती सानै देखी रुची भएका थापाको भलिबल खेल प्रती बिशेष लगाब थियो ।भलिबल भनेपछी तीन दिन सम्म पनि घर समेत नफर्किएको थापा अनुभब सुनाउछन।गल्कोट समाज कान्साइका सह सचिव समेत रहेका थापा कुशल भलीबल खेलाडी समेत हुन ।

गाऊमाकुलबिर थापाको सानै देखि सामाजिक रूपमा छुट्टै पहिचाहान पनि छ।बिभिन्न संघ सान्था हरूमा आबद्ध हुदै प्रबेसिका गाँऊको जनहित माध्यमिक बिद्यालय मल्मबाटा पास गरि दस जोड दुई गल्कोट ऊच्चा मा बि हटियामा पढि त्यहा रहदा बिधार्थी ब्यवस्थापन समितिको अध्यक्ष पदमा बसी काम गरेको अनुभब थापा सँग छ। थुप्रै स्मारिका प्रकाशन गर्ने अबसर प्राप्त गरेका थापाले राजनितिक कमिटि बनाई बिभिन्न काम गरेको बताउछन । दस जोड दुई ऊतिर्ण गरिसके पछि घर परिवारमा लाहुरेको जमात धेरै भएकोले आफ्फु पनि जापान आएको थापाले बताए।

बिगत नौ बर्ष देखी जापानलाई कर्म थालो बनाउदै आएका थापाले घुम्टेको लेकमा गुरासै फुलेयो,लाऊलि सिन्दुर चुरा मायाले करूवाको जलमा आफ्नो शोर दुईसकेका छन् भने अब फरक खालको गित बजारमा ल्याऊने तयारिमा छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *