शैक्षिक क्षेत्रको गुणस्तार सुधारका लागी काँग्रेसको जागरण अभियान–नेता भण्डारी

बागलुङ २०७६ बैशाख २६ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले पछिल्लो समयमा शैक्षिक क्षेत्रमा बेथिति बढदै गएका कारण त्यसको सुधारका निम्ती पनि काँग्रेसले राष्ट्रिय जागरण अभियान संचालन गरेको बताएका छन ।

काँग्रेसले सुरु गरेको राष्ट्रिय जागरण अभियानको विहिबार दोस्रो दिन नेपाल विद्यार्थी संघ बागलुङले आयोजना गरेको शैक्षिक जागरण कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन ।

उनले शैक्षिक क्षेत्रको सुधारका लागि जागरण अभियानले थप टेवा पु¥याउने बताए । बलियो काँग्रेसका लागि शशक्त नेविसंघ भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममो अहिलेको दुईतिहाईको सरकारले देशको प्रशासनिक निकाय र न्यायपालिकामा हस्तक्षप गरेको भण्डारीले आरोप लगाए ।

मुलुकमा महंगी भष्ट्रचार दिनानुदिन बढ्को छ । नेता भण्डारीले भने, ‘सरकार मन्त्रीस्तरको निर्णय गरेर भष्ट्रचार गर्न समेत पछि पर्दैन, कानुनै मिचेर दुई तिहाईको दम्ब देखाउनु जनतालाई शैय नहुन सक्छ । केपि वली अब हास्यकलाकारको भुमिकामा खेले राम्रो हुन्छ ।

उनले काँग्रेसले र नेविसंघले नेपालको राजनितिमा मुख्य भुमिका निर्वाह गरेको बताए । आम विद्यार्थीका जिज्ञासालाई सम्बोधन गर्दै नेता भण्डारीले अहिलेका विद्यार्थीले नै भविश्यमा देश हाक्ने हुँदा राजनितिलाई अहिलेदेखी नै बुझेर लाग्न आग्रह गरे ।

कार्यक्रममा नेपाल महिला संघ बागलुङका अध्यक्ष शकुन्तला शर्मा नेविसंघ धौलागिरी बहुमुखी क्याम्पसका ईकाइ सचिव सुरक्षा खड्काले जागरण अभियानले काँग्रेस र भातृ संस्थामा थप उर्जा थप्ने काम गर्नेमा विश्सास व्यक्त गरेका थिए ।

अभियानको बारेमा धौलागिरी बहुमुखी क्याम्पसका स्ववियु सभापति मनिष थापाले जानकारी गराएका थिए ।

कार्यक्रम नेविसंघ बागलुङका जिल्ला अध्यक्ष खड्क थापाको अध्यक्षता सचिव श्रीकृष्ण पौडेलको संचालन र कोषाध्यक्ष केन्द्र रसाईलीको स्वागतमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.