मुक्तिनाथ मन्दिर क्षेत्रमा सुविधा सम्पन्न स्वास्थ्य चौकीको आवश्यकता !

केशव वि.क.मुस्ताङ २०७३ चैत १४ । । प्रशिद्ध मुक्तिनाथ मन्दिरमा पूजा अर्चनाका आउने हजारौ तिर्थालुहरुको स्वास्थ्य सुरक्षाका लागी मुक्तिनाथ क्षेत्रमा सुविधा सम्पन्न अस्पताल वा स्वास्थ्य चौकीको आवश्यकता रहेको स्थानीयले बताएका छन् ।

मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्रीको स्वास्थ्यको सुरक्षाका निम्ति सुविधा सम्पन्न स्वास्थ्य चौकीको निर्माणमा सरोकारवालाले ध्यान दिनुपर्ने स्थानियको भनाई रहेको छ ।

हालैमात्र एक तिर्थयात्रुहको हाइअल्टिच्यूटका कारण उपचार नपाएर मृत्यु भएपछी स्थानीयले स्वास्थ्य चौकी स्थापना गर्न मागलाई चर्कोरुपमा उठान गरेका हुन् ।

मुक्तिनाथमा अक्सिजन सहितको सुविधा सम्पन्न स्वास्थ्य चौकी नहुँदा ३७१० मिटरको उचाईमा रहेको मुक्तिनाथ मन्दिर दर्शन गर्न आउने केही तीर्थयात्रीको अल्टिच्युटको कारण मृत्यु हुने गरेको छ ।

हाईअल्टिच्यूट र उक्तरक्तचापका कारण तिर्थालुको मृत्यु हुने गरेकोले मुक्तिनाथ क्षेत्रमा अस्पताल नभै नहुने स्थानीयले बताएका छन् ।

हाई अल्टीच्यूटको कारण गत चैत ११ गते मुक्तिनाथमा एक तीर्थ यात्रीको मृत्यु भएको छ । साविकको भक्तपुर जिल्ला चित्तपोल गाविस वडा नं. ८ स्थायी घर भएका ५६ वर्षीय रामकृष्ण खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने क्रममा रानीपौवा बजारमा अचानक बेहोस भई ढलेका खत्रीको जिल्ला अस्पताल जोमसोममा उपचारको क्रममा दिउँसो २ बजेर ४५ मिनेट जाँदा मृत्यु भएको हो ।

मृतक खत्रीको शव उनका आफन्तले चैत्र १२ गते जोमसोम स्थित कालीगण्डकी किनारमा दाहसँस्कार गरेको बताइएको छ । मृतक खत्री सहित चार जनाको टोली चैत्र १० गते मुक्तिनाथ दर्शनका लागि आएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.