आजको तस्वीर : माछी जालैमा, दरमखोलामा… !

गल्कोट २०७६ बैशाख २६ । गल्कोटको मध्यभागबाट अबिरल बगिरहेको दरम खोला बागलुङ र गुल्मी जिल्लाबीच भएर खर्वाङ नजिक बडीगाड नदीमा समाहित भएको छ । बडीगाड र दरम खोलाको माछा भने पछी जस्को पनि जिब्रो रसाउछ ।

बडीगाड नदीको उद्गमस्थल साबिक बोबाङ गाविसको रुद्रताल हो । त्यसैले बडीगाड नदीलाई रुद्रावती नदीको नामले पनि चिनिन्छ । बडीगाड नदी अर्थात रुद्रावती नदी पवित्र कालीगण्डकीमा समाहित भएको स्थानलाई गुल्मी रुद्रवेणीको नामले पुकारिन्छ ।

साविक ताराखोला गाविसबाट बगेको ताराखोला साँबोट, हिल, साँदी घुस्मेली हुँदै हरिचौर सम्म आईपुग्दा ‘दरम खोला’मा रुपान्तरित हुन्छ । अर्थात ताराखोलालाई दरम खोला पुकारिन थालिन्छ ।

निसी, भुजी र तमान खोलाहरुको संगमस्थल बुर्तिवाङ देखी यसलाई बडीगाड नामले चिनिदै आएको छ । यी दुबै नदीहरु मीठो माछाको लागी चर्चित छन् ।

यतिबेला गर्मीको मौसमका कारण प्राय: दरमखोलामा पौडी खेल्ने, हत्केला खेल्ने, बल्छी थाप्ने, दुवाली थुन्ने र जालले माछा छोपेर ढडियामा राख्ने गरेका दृश्यहरु देख्न सकिन्छ ।

यस्तै तस्वीरमा दुईजना जलारीहरुले गल्कोट नगरपालिका – ११ रिघा दरम खोलामा माछा जालमा पार्दै ढडियामा थन्काउदै गरेको देख्न सकिन्छ, जुन तस्वीर रिघाबाट दिवान मगरले ईबागलुङलाई प्रेषित गरेका हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *