कसैलाई पूर्वाग्रहका आधारमा न्याय पाउनबाट बन्चित गरिन्न : उप नगरप्रमुख काउचा

गुमानसिँह भण्डारी, गल्कोट २०७६ बैशाख २६ । गल्कोट नगरपालिका नगरकार्यपालिकाको कार्यालयले आयोजना गरेको मेलमिलाप सम्बन्धि जागरण कार्यक्रममा बोल्दै गल्कोट नगरपालिकाकी उप प्रमुख रेणुका काउचामगरले अदालतमा धाउनुपर्ने मुद्दाहरू स्थानिय तहमै समाधान भएको बताएकी छन् । उनले भनिन् बिगतका दिनहरुमा गल्कोटबासी सानो बिवादको समाधानको लागि पनि हजारौ खर्च गरेर जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता थियो अहिले न्यायिक समिति मार्फत साना देखि ठुला प्रकृतिका बिबादहरू स्थानिय तहमै मिलाउदा खर्च, समय र जिल्ला धाउनुपर्ने समस्या कम भएको छ ।

मेलमिलाप सम्बन्धि जागरण कार्यक्रममा बोल्दै हामी अहिले अदालती प्रत्रिmया अनुसारनै बिबाद मिलाउने गरेका छौ, न्यायिक समितिमा आएका निबेदनका आधारमा मेलमिलाप गराउदा अधिकाशंले न्याय पाएको अनुभुति गरेको समेत संयोजक काउचाको बताईन् । नगर उपप्रमुख काउचाले कसैलाई पनि पूर्वाग्रहका आधारमा न्याय पाउनबाट बन्चित नगरिने पनि प्रष्ट पारिन।

कार्यक्रममा गल्कोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, वडा नम्बर ६ का वडा अध्यक्ष नर बहादुर खत्री, वडा नम्बर ९ का वडा अध्यक्ष तेज बहादुर थापा, नगरकार्यपालिका सदस्य रत्ना अधिकारी, राधिका पुन, नेपाली काग्रेस गलकोट नगर उपसभापति ढालिन्द्रप्रसाद गौतम, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य विष्णु कँडेल र महिला स्वास्थ्य स्वयसेविका लक्ष्मी खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा गल्कोट नगरभित्रका प्रत्यक वडाका महिलाहरूले जागरण अभियान सम्बन्धी गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
प्रतियोगितात्मक रूपमा संचालन गरिएकोमा कालिलेख आमा समुह वडा नम्बर ६ प्रथम, प्रगतिशील आमा समुह वडा नम्बर ११ द्वितीय र सिर्जनशील आमा समुह वडा नम्बर ७ तृतीय भएका छन् ।

कार्यत्रmम न्यायिक समिति सदस्य पदम कार्कीको अध्यक्षता, नगर कार्यपालिका सदस्य कमला ढकालको स्वागत मन्तव्य र सदस्य शिव कुमारी खत्रीको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा निर्णायकको भुमिकामा रहेका कलाकार निशा श्रीस लगायतले सांगीतिक प्रस्तुति दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.