अन्तराष्ट्रिय रेडक्रस दिवसको अवसरमा खर्वाङमा युवा रेडक्रस सर्कल गठन

कमल पौडेल, बडीगाड, बागलुङ २०७६ बैशाख २६ । नेपाल रेडक्रस सोसाइटी उपशाखा खर्वाङ अन्तरगत त्रिभुवन नमुना माध्यमिक विद्यालय खरवाङमा नेपाल युवा रेडक्रस सर्कल गठन गरिएको छ । नव गठित ११ सदस्यीय समितिको अध्यक्षमा समिर पौडेल, सचिवमा किनार विक, कोषाध्यक्षमा समसुलक अलि, उप सचिवमा दीपा नेपाली, उपकोषाध्यक्षमा विवेक पन्थी लगाएत रहेका छन् । सर्कलको शिक्षक नायकमा वुद्धिवल चालिसे, सह नायकमा मिनु घर्ती तथा संरक्षकमा प्रधानाध्यापक ढालमणि भण्डारी रहेका छन् ।

विद्यार्थीहरुको भेलाले होमनाथ अर्यालको संयोजकत्वमा सल्लाहकार समितिको गठन गरेको छ । जसको सदस्यमा शिव पोखरेल र बद्रिनाथ घिमिरेलाई सल्लाकार चयन गरेको छ ।

अन्तराष्ट्रिय रेडक्रस दिवसको अवसर पारेर गरिएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भण्डारी, नेपाल रेडक्रस सोसाइटी उपशाखा खर्वाङका सचिव ढालेन्द्र शेरचन लगाएतले हेनरी ड्युना र रेडक्रस सम्वन्धमा प्रकाश पारेका थिए ।

सो कार्यक्रम उपशाखाका सभापति होमनाथ अर्यालको अध्यक्षता तथा सदस्य कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.