ट्रेडयुनियन काग्रेस निकट सौन्दर्य कर्मीहरुको जिल्ला भेलाव्दारा गिरीको अध्यक्षतामा समिति गठन

शीला पाण्डे, पर्वत २०७६ बैशाख २६ । नेपाली कांग्रेस निकट ट्रेडयुनियन सग आवद्ध सौन्दर्य कर्मीहरुको भेलाले बुधवार पर्वत जिल्ला समिति गठन गरेको छ । ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष सुरेन्द्र के सी को अध्यक्षतामा सम्पन्न भेलाले गीता गिरीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो । उपाध्यक्षमा शिला पाण्डे,सचिव मनिशा उपाध्याय,कोषाध्यक्ष प्रतिशा जोशी र सदस्यहरुमा पूजा पोख्रेल,चन्द्रकला खनाल,पुनम गिरी,पुष्पा पोख्रेल,विन्दू मल्ल आशा खाण क्षेत्री,देवी श्रेष्ठ र मनिसा गूरुड रहेका छन् ।

सौन्दर्यकर्मीहरुको पेशागत हक अधिकारको रक्षा तथा कांग्रेसको संगठन विस्तारका लागी व्यूटिसियनको महत्व पूर्ण भूमिका हुने ट्रेडयुनियन काग्रेसका अध्यक्ष सुरेन्द्र के सी ले वताए ।

नव निर्वाचित अध्यक्ष गिरीले आगामी दिनमा जिल्ला भरीका काग्रेस निकट सौन्दर्यकर्मीहरुलाई आवद्ध गरि पालिका स्तरमा समिति गठन गर्ने जानकारी गराएकी गराइन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.