निसीखोला-४ कालेखेतमा मोटरसाईकल दुर्घटना, चालक एकको अवस्था गम्भीर, एक सामान्य !

मिलन हमाल निसीखोला २०७६ बैशाख २५ । केहि समय पहिले राति ८ बजेको समयमा निसीखोला गाउपालिका ४ कालेखेतमा दुई मोटरसाईकल एकापसमा ठोकिएर दुर्घटना हुँदा त्यस्मा सवार एक जना गम्भर घाईते भएका छन् अर्का चालक सामान्य भाईते भएका छन् ।

र्इृलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान अनिल कार्की अफ्नो ड्यूटी सकेर घरतिर जाँदै गरेका र निसीतिरबाट आउदै गरेका नैनसिँह पुनपको मोटर सााईकाल कालेखेतमा एक आपसमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाईते बनेका नैनसिँह पुनलाई थप उपचारका लागी प्राथमिक स्वास्थ्य केन्द्र बर्तिवाङ रिफर गर्ने तयारी भैरहेको र अर्का सामान्य घाइृते प्रहरी जवान अनिल कार्की सामान्य उपचार पछी घर तिर जान लागेको बताईएको छ ।

गम्भीर घाईते चढेको मोटर साईकल क्षेत विक्षेत भएको नम्वर खुल्न सकेको छैन भने प्रहरीजवान कार्की चढेको मोटर साईकल लु ४ प ९५५७ भएको स्थानीयले बताएका छन् ।
आजै मात्र निसीमा पीकअप जीप दुर्घटनामा एक जना १२ वर्षिय बालकको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का १२ वर्षिय बालक गम्भर घाईत भएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.