निसीखोलामा कृषकहरुलाई व्यवसायिक बनाउन खेतियोग्य जमिनको माटो परीक्षण !

छविलाल पाण्डे बुर्तिबाङ २०७६ बैशाख २५ । निसीखोला गाउँपालिकाले बुधबारदेखि माटो परिक्षण कार्यक्रम सुरु गरेको छ । कृषि क्षेत्रको बृहत विकासमा लागेको गाउँपालिकाले कृषमहरुलाई आत्मनिर्भर बनाउँदै गाउँगाउँमा उन्नत कृषि व्यबसाय गर्ने उदेश्य स्वरुप गाउँपालिका अन्र्तगत सबै वडामा माटो परिक्षण कार्यक्रम सुरु भएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले ईबागलृङलाई बताए ।

उक्त कार्यक्रममा प्रत्यक वडाको कृषि योग्य क्षेत्रमा पुगि माटो तथा मलको पिएसमान पत्ता लगाउने र त्यहाँ देखिएको समस्यालाई समाधान गर्ने गरी कृषि प्राविधिक सहितको सहभागितामा माटो परिक्षण कार्यक्रमको थालनी गरिएको हो ।

बुधबार निसीखोला गाउँपालिका वडा नं.१ र वडा नं.७ मा कार्यक्रम भएको छ । जसमा ८६ घरधुरीले उपभोग गर्दे आएको छुट्टाछुट्टै जग्गाको माटो परिक्षण गरीएको थियो । आज गरीएको परिक्षमा अधिकाँश माटोको अवस्थामा ठिक रहेको पाइएको निसीखोला गाउँपालिकाका कृषि प्राविधिक ताराबहादुर परियारले बताए ।

निसीखोला गाउँपालिकाको आयोेजना, माटो तथा मल परिक्षण प्रयोगशाला पोखराको प्राविधिक सहयोगमा कार्यक्रम भइरहेको छ । उक्त कार्यक्रम गाउँपालिकाका सातवटै वडामा सञ्चालन गरीने छ । जसमा बिहिबार वडा नं.२ मा शुक्रबार वडा नं.३ र ४ मा र शनिबार वडा नं.५ र ६ मा हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आर्चायले जनकारी दिए ।

आज आयोजिक कार्यक्रममा निसीखोला गाउँपालिका स्थित काउले कृषकसमुहका अध्यक्ष रामबहादुर विकको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आर्चायको प्रमुख आतिथ्यता, वडा नं.१ का अध्यक्ष इन्द्रबहादुर मल्ल, अगुवा कृषक राजु भण्डारी, माटो परिक्षण सहायक प्राविधिक खुबरा बराल, नारायण प्रसाद पौडेल, सहयोगी नेत्रबहादुर कुमाल, लगाएतको उपस्थिती एवम मन्तव्य रहेको थियो । कार्यक्रम राजु भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *