निसिखोला गापाको तिन वडाको सामाजिक भत्ता साईन रेसुङगा बैँकबाट !

छबिलाल पाण्डे बुर्तिबाङ २०७३ चैत १३ । निसिखोला गाँउपालीका अन्र्तगतको वडा नँ ७ राजकुत र वडा नँ ३ र ४ को बोहोरागाँउको सामाजिक सुरक्षा भत्ता अबदेखि साईन रेसुङगा बैँक बाट बितरण हुने भएको छ । हाल सम्म गाविस सचिबको मातहतबाट बितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता आगामि असार मसान्तको किस्तालाई मध्यनजर गरेर ढोरपाटन नगरपालीकोको बुर्तिबाङ स्थित साईन रेसुङगा बैँक शाखाबाट बितरण हुने लागेको बैँकका म्यानेजर प्रकाश श्रेष्ठले बताए ।

उनका अनुसार चैत महिना सम्मको गाविस मातहतबाटै हुने र अबदेखि बैँकबाट सुचारु हुने छ ।

जेष्ठ नागरीक, एक महिला, अपाँगता भएका ब्यतिm, दलीत बाल पोषण भत्ता गरी बोहोरागाँउबाट १ हजार ४० जना र राजकुतबाट ३ सय ८८ जनाले पाउने छन् । यतिबेला बैँकबाट भत्ता बितरण हुने भएसँगै सम्बन्धित क्षेत्रका नागरीकले आफनो खाता खोल्न सुरु गरीरहेको श्रेष्ठले बताए ।

बैँक खाता नखोलेका ब्यतिmले नागरीकताको प्रतिलीपि, तिन प्रति फोटो, एक जना हकवाला ब्यातिmको नागरीकता र एक प्रति फोटो तथा बालपोष्ण भत्ताका लागि बालबालीकाको जन्मदर्ताको प्रमाणपत्रको प्रतिलीपि बैँकमा पेश पेस गर्नुपर्नै भएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.