पिकअप जीपबाट खस्दा निसीखोलामा १२ बर्षिय बालकको मृत्य, अर्का बालक गम्भिर घाइते !

छविलाल पाण्डे, बुर्तिवा २०७६ बैशाख २५ । बागलुङ निसीखोला गाउँपालिका वडा नं.३ धुवाँखोरमा पिकअप जीपबाट खस्दा एक बालकको ज्यान गइको छ भने अर्का एक बालक गम्भिर घाइते भएका छन् ।

निसीदेखि बुर्तिबाङ तर्फ आउँदै गरेको लु १ च ६७५२ नम्बरको पिकअप जिपको पडाडी पट्टि झुण्डीएर यात्रा गर्ने क्रममा निसीखोला गाउँपालिका ३ घर भै प्रभा
मावि कक्षा ८ मा अध्ययनरत १२ बर्षिय लछु सुनारको पिकअपबाट खस्दा घटना स्थलमै मृत्यु भएको हो ।

त्यस्तै अर्का १२ बर्षिय बालक बिष्णु सुनारको समेत टाउकोमा गम्भिर चोट लागेका कारण थप उपचारका लागि पाल्पा रिफर गरीएको बताइएको हो । घटनाको बिषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *