गल्कोट- २ नरेठाँटीमा रु २३ करोडको निर्माणाधीन बहुवर्षिय खानेपानी आयोजनाको काम तीब्र !

गुमानसिँह भण्डारी गल्कोट २०७६ बैशाख २५ । गल्कोट नगरपालिकाको नरेठाँटीमा रु २३ करोडको लागतमा खानेपानी आयोजनाको निर्माण कार्य तिब्र पारिएको छ । नेपाल सरकारको केन्द्रिय योजना अन्तर्गत गल्कोट नगरपालिका २ नरेठाँटीमा सञ्चालन भईरेहेको खानेपानी योजना सम्पन्न भएपछि नरेठाटीका सम्पुर्ण उपभोक्ता लाभान्वित हुने वडाध्यक्ष हिम बहादुर भण्डारीले ईबागलुङलाई बताए।

गत आर्थिक बर्ष देखि सुरू भएको बहुवर्षिष आयोजनाको हालसम्म ५० लाख बराबरको कार्य सम्पन्न भएको वडा अध्यक्ष भण्डारीले बताए । हाल नरेठाटीको घामपानीमा २० घनमिटर र जस्पुरमा १० घनमिटरको टयाङ्की निर्माण कार्य सम्पन्न भएको छ भने चिनामालि गाउमा १० घनमिटरको टयाङ्की निर्माण कार्य तिब्र पारिएको अध्यक्ष भण्डारीको भनाई छ ।

आयोजनाका सम्पन्न भएका ट्याङ्कीमा २५ सय मिटर पाईप लाईन बिस्तार गरिएको वडाध्यक्ष भण्डारीले जानकारी दिँदै ५० यमयमको ५ सय मिटर, ४० यमयमको १२ सय मिटर, ३२ यमयमको ४ सय मिटर र २५ यमयमको ४ सय मिटर पाईप बिस्तार गरिएको छ । हालसम्म सम्पन्न भएका दुई ट्याङकीले जस्पुर र चिनामालिका गरि झण्डै ४७ घरघुरी लाभान्वित हुने जस्पुर, घामपानी, मसरा खानेपानी आयोजना समितिका अध्यक्ष रोम बहादुर कुबरले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.