श्रीमतीलाई मारेपछी झुण्डिएर आत्महत्या, बहिनी हानेको ढुंगाले दिदीको मृत्यु !

डडेल्धुरा, २०७३ चैत १३ । आलिताल गाँउपालिका–७ बस्ने ४० बर्षीय करन बहादुर बोहोराले आफ्नै श्रीमतीको हत्या गरी आफुले झुण्डिएर आत्महत्या गरेका छन् ।

मानसिक सन्तुलन ठिक नभएको बताइएका बोहराले शनिबार ३६ बर्षीया श्रीमती बेलामती बोहोरालाई हँसिया प्रहार गरी हत्या गरेका थिए । श्रीमतीको हत्या गरी फरार भएका उनको घर देखि डेढ किमिटाढा घाँटीमा डोरीको पासो लगाई रुखमा झुण्डिई मृतक अवस्थामा फेला परेका हुन् ।

उता दार्चलाको अपि हिमाल गाउँपालिका–३ काटै बस्ने ५० बर्षीया नर्मा देवी कार्की बहिनीले प्रहार गरेको ढुंगा प्रहारबाट मृत्यु भएको छ । उनलाई आइतबार विहान सबेरै सोही ठाउँ बस्ने मानसिक स्थिती ठिक नभएको बताइएकी ३५ बर्षीया बहिनी चैती देवी कार्कीले टाउकोमा ढुङगा प्रहार गर्दा मृत्यु भएको हो ।
ढुङगा प्रहार गर्ने चैती देवी कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *