उत्कृष्ट स्वयंसेविका र बालविकास सहजकर्ता सम्मानित : शिक्षा र स्वास्थ्यमा गरेको अतुलनीय योगदानको कदर !

बागलुङ २०७६ बैशाख २५ । गण्डकी प्रदेश सरकारले हरेक स्थानिय तहमा उत्कृष्ट कार्य गर्ने महिला स्वास्थ्य स्वयं सेविका र प्रारम्भिक बालविकास सहजकर्तालाई सम्मान तथा पुरस्कृत गरेको छ ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयलले एघार जिल्लाका १ सय ७० स्थानिय तहबाट एक/एक जना छनौट गरी पुरस्कृत गरेको हो । यसै क्रममा मंगलबार बागलुङमा पनि एक कार्यक्रमका बिच जिल्लाका दश वटै स्थानिय तहका एक÷एक जना महिला स्वास्थ्य स्वयं सेविका र बालविकास सहजकर्तालाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङ आयोजनामा भएको कार्यक्रममा जिल्लाका दश वटै स्थानिय तहका स्वयं सेविका र सहजकर्तालाई सम्मान गरिएको हो । समाजमा रहेर शिक्षा र स्वास्थ्यमा गरेको अतुलनिय योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको स्वास्थ्य कार्यालय बागलुङका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले बताए ।

समाजको महत्वपुर्ण मेरदण्डको रुपमा रहेको स्वास्थ्य र शिक्षामा काम गर्ने स्वयं सेविका र बालविकास सहजकर्ताको मनोवल उच्च बनाउनका लागि प्रदेश सरकारले यो कार्यक्रम ल्याएको तिवारीले बताए ।

बागलुङका २० जना सहजकर्ता र महिला स्वास्थ्य स्वयं सेविकालाई सम्मान गरिएको थियो । जसमध्ये बागलुङ नगरपालिका बाट महिला स्वास्थ्य स्वयं सेविका उमा खड्का, बालविकास सहजकर्ता कमला देवी शर्मा, गलकोट नगरपालिका बाट गंगा पुन, शेरकुमारी मल्ल, जैमिनी नगरपालिकाबाट लालिमायाँ थापा, खिमा थापा , ढोरपाटन नगरपालिका बाट लिलावती गौतम र कमला अधिकारीलाई सम्मान गरिएको थियो ।

त्यस्तै बरेङ गाउँपालिकाबाट पुर्णा श्रीष, विष्णु क्षेत्री, काठेखोला गाउँपालिकाबाट लिलामायाँ पुन डिलमाया थापा, तमानखोला गाउँपालिका बाट बेलकुमारी कामी, लालकुमारी पून , ताराखोला गाउँपालिका बाट देउमाया घर्ति सुस्मिता रोका मगर निसीखोला गाउँपालिका बाट तारा पौडेल, निरमायाँ शाही र बडिगाड गाउँपालिका बाट सेनिमायाँ घिमिरे र खगिकुमारी श्रीषलाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तिलाई नगर ४ हजार रुपैयाँ, सम्मान प्रत्र प्रदान गर्नुका साथै र दोसल्ला ओढाईएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुंगानाले शिक्षित र स्वच्छ समाज निर्माण गर्नका लागि सम्मानित व्यक्तिहरुको अहम भुमिका रहेको बताए ।

उनले आउँदा दिनहरुमा अझै प्रभावकारी कार्य गर्नका लागि प्रदेश सरकारलाई आग्रह समेत गरे कार्यक्रममा शिक्षा विकास समन्वय ईकाई प्रमुख कुष्मराज उपाध्यायले राज्यले शिक्षा र स्वास्थ्यमा योगदान गर्नलाई समय समयमा सम्मान र पुरस्कृत गर्दै जानुपर्ने बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य निरिक्षक मोहदत्त ढकालले कार्यक्रमको उद्देश्य र औचित्य बारे प्रष्ट पारेका थिए ।

कार्यक्रममा सम्मानित व्यक्तिहरु बागलुङ नगरपालिकाका महिला स्वास्थ्य स्वयं सेविका उमा खड्का र निसीखोला गाउँपालिकाका प्रारम्भिक बालविकास सहजकर्ता निरमायाँ शाहीले आफुहरु सम्मानित हुन पाउँदा सरकारले पेशाको सम्मान गरेको बताए ।

कार्यक्रम स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीको अध्यक्षता पब्लिक हेल्थ नर्स हरिकाशि पालिखेको स्वागत र सूचना अधिकारी घनश्याम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.