हरिचौर स्थित नवयुग प्राथमिक विद्यालयको विद्यार्थी संख्याले मच्चायो खल्बली ! के छ यस भित्रको रहस्य ?

गल्कोट, २०७६ बैशाख २५ । गत बैशाख २३ गते ईबागलुङ डटकममा नवयुग प्राथमिक विद्यालय हरिचौरमा ५ जना विद्यार्थी पढाउन तीनजना शिक्षक ? शीर्षकमा ‘…केहि दिन पहिले सम्म गल्कोट नगरपालिका ६ हरिचौर कौलेनी स्थित नवयुग प्राथमिक विद्यालयमा २० जना विद्यार्थी अध्ययनरत थिए । तर अहिले जम्मा ५ जना मात्र रहेका छन् …’ भन्ने समाचार प्रकाशित भएपछी समाचारको सत्यतथ्य र बास्तविकताप्रति अध्ययन मननका कुरा छोडौँ, सामान्य बुझ्ने प्रयास सम्म नगरी समाचार अपडेट गरिएको केहि समय भित्रै भ्रामक भन्दै स्थानीय केहि विद्युतीय सन्चार माध्यम मार्फत खण्डन अभियान (दबाब) सुरु गरियो, त्यस्ले हतास मानसिकताको असलीरुप जगजाहेर भएको गल्कोट क्षेत्रमा चर्चाको विषय बन्नपुग्यो ।

समाचार अपडेट भएको क्षणभर नबित्दै समाचारलाई लिएर यति हतार, हतास हुनु पर्ने कारण केहि देखिदैन तर समाचारलाई लिएर निस्किएको बौलाहटले नवयुग प्राथमिक विद्यालय भित्र केहि गलत भैरहेछ भन्ने सन्देश त प्रवाह भयो नै । समाचार भित्रको बास्तविकतालाई बुझ पचाएर होईन, समाचार सम्प्रेषणको औचित्यलाई हुदयंगम गरी खण्डन मण्डन कर्ताहरुले बुझेर भावी कदम चाले नगरपालिकाकाले लिएको उद्देश्य प्राप्त गर्न सकिन्छ भन्ने गल्कोटका शिक्षाप्रेमीहरुको धारणा रहेको छ ।

ईबागलुङले गत बैशाख २३ गते सम्प्रेषण गरेको समाचारमा २० जना विद्यार्थी मध्य अहिले घटेर ५ जनामात्र रहेको उल्लेख गरेर बिद्यालय र यसका सरोकारवालाहरुलाइ कसरी विद्यार्थीहरुलाई आकर्षित गर्ने भन्ने सकारात्मक सोँच तिर बिचार गर्न आग्रह गरेको थियो । ईबागलुङलाई बिद्यालयको बिरुद्ध कुनै प्रपन्च रच्नुको कुनै कारण छैन र हाम्रो यो मनसुवापनि कतई छैन । विद्यालयबाट आफ्ना बालबालिकालाई अन्य विद्यालयहरुमा भर्ना गर्न लैजाने अभिभावकहरुलाई गल्कोट नगरपालिकाबाट प्राप्त हुन सिफारिस लगायत अन्य सुविधाहरुबाट बन्चित गर्न नगरपालिकालाई अनुरोध गर्ने प्रस्ताव पारीत गरेको समाचारले गल्कोट नगरपालिका क्षेत्रमा निकै चर्चा पाएको मात्र नभएर जोसुकैलाई पनि यो समाचार पाच्य लाग्दैन । बैठकमा यो प्रशंग उठ्यो वा उठेको होईन त्यस दिन उपस्थित अभिभावकहरुलाई बुझे बास्तविकता बाहिर आउछ नै । आफ्ना बालबालिकाहरुलाई जुन विद्यालयमा राम्रो पढाई छ त्यहाँ भर्ना गर्न अभिभावकले पाउनु पर्छ ।

सबै शिक्षाप्रेमीहरुलाई थाहा भएकै कुरा हो, कुनै पनि तहको विद्यालयहरुमा विद्यार्थी एंवं शिक्षक संख्याको मापदण्ड कायम गरिएको हुन्छ । सिंहदर्वारको अधिकार गाउँगाउँका सरकारमा आएपछी पनि विद्यालय सम्वन्धमा केहि नियम बनेका होलान । तर, मुलुकमा कायम रहेको शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ मा व्यवस्था गरिए अनुसार एउटा कक्षामा कम्तीमा ४५ जना विद्यार्थी आवश्यक पर्ने उल्लेख गरिएको छ । अर्थात हरिचौरमा सन्चालित ५ कक्षा सम्म अध्यापन हुने नवयुग प्राथमिक विद्यालयमा विद्यार्थीको संख्या २ सय २५ आवष्यक रहन्छ । जवकि यहाँ कक्षा नर्सरी, केजी हुँदै कक्षा ५ सम्मका सात वटा कक्षाहरुमा जम्मा २६ जना भर्ना भएको विद्यालयले जनाएको छ । तर तस्वीरमा भने १९ जना विद्यार्थी रहेको प्रष्ट देखिन्छ । कक्षा तीनमा विद्यार्थी संख्या निल रहेको छ ।

विद्यालयमा सुधारको आवश्यकता जरुरी रहेको सदासयतापूर्वक प्रकाशित समाचारलाई लिएर यति बिघ्न अत्तालिनु पर्ने भित्रको रहस्य गल्कोटवासीले खोतल्ने प्रयास गरिहेका छन् । नगरपालिकाले तय गरेको मापदण्ड पूरागर्न फर्जी विद्यार्थी संख्या देखाउनु पनि नाजायत काम हो । यस तथ्यलााई गम्भीरताका साथ लिएर सरोकारवालाहरुले कदम उठाउनु पर्ने समयको माग हो ।

गल्कोट नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवं प्रवक्ता वडाध्यक्ष हिम बहादुर भण्डारीले सोहि दिनमै नवयुग प्राथमिक विद्यालयको निरीक्षण गरे । बिद्यालयमा विद्यार्थीको फोटोसेशन भयो । बिद्यालयमा २३ जना विद्यार्थी उपस्थित रहेको भनिएपनि तस्वीरमा भने १९ जना देखिएका छन् । मान्ने प-यो ४ जना कतै लुकामारी गर्न गए होलान । वडाध्यक्ष भण्डारीले सामाजिक सञ्जालमा भएको समाचार गलत भएको बताउदैै बिद्यालयमा भर्ना भएका २६ मध्य आज कक्षा नर्सरीमा ५ जना, केजीमा ७ जना कक्षा १ मा ४ जना कक्षा २ मा २ जना, कक्षा ३ निल, कक्षा ४ मा २ जना र कक्षा ५ मा ३ जना गरि २३ जना बिद्यार्थी बिद्यालयमा उपस्थीत रहेको जानकारी दिँदै यस्ता गलत समाचारको प्रभावमा नपरी अभिभावक सचेत हुन आग्रह समेत गरेको स्थानीय सामुदायिक रेडियोलााई दिएको अन्तरक्रियामा व्यक्त गरेका छन् । अध्यक्ष भण्डारीलाई २६ जना बिद्यार्थी भर्ना भएकोमा आज २३ जना बिद्यार्थी उपस्थित रहेकेो भनि हतार हतार समाचारको खण्डन गर्नु बाध्यता परेको हुन सक्छ, त्यो कस्तो बाध्यता हो त्यो भण्डारीजीलाई नै थाहा होला, तर ईबागलुङले बुझे सम्म गत २०७५ साल माघ महिनामा नगर शिक्षा समितिको बैठकले प्राथमिक तह कक्षा १ देखि ३ सम्म सञ्चालित बिद्यालयमा १ शिक्षक दरबन्दी कायम गर्ने निर्णय गरेको, प्राथमिक तहमा १२ भन्दा बढी २० जना बिद्यार्थी भए २ दरबन्दी २१ भन्दा बढि ४० सम्म भए ३ शिक्षक र सो भन्दा बढी भए शिक्षक र बिद्यार्थीको अनुपात १ दशमलब ४५ का दरले थप शिक्षक ब्यवस्थापन गर्ने गल्कोट नगरपालिकाका सामाजिक बिकास समिति संयोजक हिम बहादुर भण्डारीले जानकारी दिएका थिए ।

१ देखि ३ सम्म सञ्चालित प्राथमिक बिद्यालयमा १२ जना भन्दा कम बिद्यार्थी भएमा १ शिक्षक राख्ने र बाकी झिक्ने, प्राथमिक तह अन्तर्गत कक्षा १ देखि ५ सम्म सञ्चालित बिद्यालयमा २० जना भन्दा कम बिद्यार्थी भएमा २ शिक्षक कायम गर्ने र बाकिँलाई झिक्ने निर्णय भएको गल्कोट नगरपालिकाका तत्कालीन शिक्षा प्रमुख खेम आचार्यले बताएका थिए।

फर्जी विद्यार्थीहरुको उपस्थिती देखाएर धेरै विद्यालयहरुले गलत कार्य गर्दै आएको कुनै नोलो कुरा होईन । नवयुग प्राविमा ५ वा २० वा २६ विद्यार्थीको संख्या विवाद होईन, सही कुरा त कसरी विद्यार्थीहरुलाई विद्यालय प्रति आकर्षित गराउन सकिन्छ भन्नु हो, विद्यालयमा पठन संस्कृतिको समुचित विकास, भौतिक, खेलकूद विकास र सुधार, बसी बसी तलब पचाउने प्रवृत्तिको अन्त्य महत्वपूर्ण कुरा हो । सुधारयुक्त सुझाव पनि पचाउन नसकेर पत्रकारहरुलाई अनापसनाप गाली गलौच र धम्की दिने स्वभाव बाईसी चौवीसी राज्य मध्यको एक गल्कोट राज्यको राजधानी जस्तो गरिमामय हरिचौरमा रहेका स्वनामधन्य बद्धिमानहरुलाई सुहाउने कुरा हुँदैन ।

‘तँलाई भोलि विहान पुलिसले पक्राउ गर्न आएपछी थाहा पाउलास…’ भन्ने अहंकारयुक्त शव्दवाण सुनेको पनि तीन दिन बित्यो । ‘मलाई चिन्छस् म यहाँको ठुलो मान्छे, मैले चाहेँ भने …. तँलाई… ‘भनेर कुर्लेको नि,यो कानले सुनेकै हो । अहिले घाँटी बस्यो र हो कि ? ईबागलुङको बैधतालाई लिएर चुनौती दिँदे उजुरबाजूरको धम्की दिएको पनि ७२ घण्टा बित्दै छ । ‘तपाई को बोल्नु भएको ?’ भन्दा किन चाहियो तलाई, म यहाँको ठुलो मान्छे भनेर कुर्लने तपाईको कस्तो छ त पछिल्लो मानसिक अवस्था ? चिन्तापो लाग्न थाल्यो ।

कसैको पहिचान भनेकै उसको स्वभाव हो । स्वभाव जति गरेपनि जाँदैन, सिँह गर्जन्छ, कुकुर भुक्छ, स्याल हुँईयाँ गर्छ … । कहिल्यै यहाँले स्याल गर्जेको सुन्नु भा छ ? सुनेको छु भन्नु भयो भने पक्कैपनि गल्ती हो, किन कि स्याल, स्यालै हो त्यसले हुँईँया गर्छ त्यो उसको जन्मजात स्वभाव हो । क्लिन्टन नाम हुने सबै अमेरिकाको राष्ट्रपनि हुने भए, राम वा कृष्ण नामहुनेहरु सबै भगवान हुनेभए, एल्सन नाम हुने सबै बेलायतकी नामी गायिका करेन एल्सेन हुने भए यहाँलाई नि कुनै विशेषणले लिपपोत गर्नु हुन्थ्यो, खै के भनेर लिपपोत गरौँ ?

यो लिंकपनि पढौँ

गल्कोट नगरपालिकामा विद्यालय आफू अनुकुल र मनोमानी ढंगले चल्ने परिपाटीको अन्त्य- गैरे

गल्कोट नगरपालिकामा बिद्यार्थी संख्याको आधारमा शिक्षकहरुको व्यवस्थापन गरिने !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.