नवागत प्रजिअ क्षेत्री र राजनीतिक दलका प्रतिनिधीवीच अन्तरक्रिया : सबैसंग समन्वय गरी काम गर्ने प्रतिवद्धता !

बागलुङ २०७६ बैशाख २४ । नवागत प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री र बागलुङ जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधीहरुवीच आज अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङमा आयोजित अन्तक्र्रिया कार्यक्रममा रानीतिक दलका प्रतिनिधीहरुले नवागत प्रमुख जिल्ला अधिकारी क्षेत्रीलाई जिल्लाको शान्ति सुरक्षा, विपद व्यवस्थापन, उद्धार कार्य, दुर्गम क्षेत्रका जनताहरुलाई छिटो छरितो सेवाप्रवाह गर्न, विकास निर्माणका कार्यहरुलाई तीब्रता दिन जिल्लामा क्रियाशील राजनीतिक दलहरुसंग समन्वय गरी कार्यगर्न आग्रह गर्दै सबै राजनीतिक दलहरुको भूमिका सकारात्मक रहने विश्वास दिलाएका थिए ।

अन्तरक्रियामा राजनीतिक दलका प्रतिनिधीहरुको सुझाव र सल्लाह पछी नवागत प्रमुख जिल्ला अधिकारी क्षत्रीले सबै क्रियाशील राजनीतिक दलहरुसंग समन्वय गरी प्राप्त सुझावको आधारमा जिल्लाको शान्ति सुरक्षा व्यवस्था, राहत व्यवस्थापन, जिल्लाको सर्वांगिण विकासका लागी कार्यगर्ने प्रतिवद्धता जनाएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धिरेन्द्र पन्तले जानकारी दिए ।

अन्तरक्रिया कार्यक्रमम नेकपाबाट जिल्ला सचिव ज्ञामनाथ गरै र लालबहादुर थापा, नेपाली काँग्रेसबाट सभापति दीपेन्द्र बहादुर थापा, राजमोका अध्यक्ष अमर थापा, राप्रपाबाट नवीन सर्वुजा मगर, अको राप्रपाबाट शैलेन्द्र कुमार श्रेष्ठ, संघीस समाजवादी पार्टी र जनशक्ति नेपालबाट दलबहादुर क्षेत्री लगायतले आआफ्नो मन्तव्य सहित सुझाव दिएका थिए । सो अवसरमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जिल्लाको शान्ति सुरक्षाको अवस्थाका बारेमा प्रकाश पार्दै सबै क्षत्रबाट सहयोग गर्न आग्रह गरेका थिए ।

यसैवीच नवागत प्रमुख जिल्ला अधिकारी क्षेत्रीलाई जिल्ला समन्वय समिति बागलुङले पनि एक स्वागत कार्यक्रमको आयोवना गरी स्वागत गरेको छ । आज नै अफिसर्स क्लब बागलुङले नवागत प्रजिअ क्षेत्रीको सम्मानमा एक स्वागत कार्यक्रमको आयोजना गरेको छ ।

अफिसर्स क्लकका अध्यक्ष तथा प्रमुख जनस्वास्थ्य प्रशासक दीपक तिवारीको अध्यक्षता सम्पन्न स्वागत कार्यक्रममा बोल्दै नवागत प्रजिअ क्षैत्रीले क्लले स्वागत र बिदाई कार्यक्रमका साथै अन्य रचनात्मक कार्यहरु गर्न सुझाएका थिए ।

अफिसर्स क्लबको कार्यक्रममा जिल्ला समन्वय अधिकारी कृष्णराज गौतम, बागलुङ नगरपालिकाका शिक्षा प्रमुख डण्डपाणी शर्मालाई पनि स्वागत गरिएको थियो ।

स्वागत कार्यक्रममा अफिसर्स क्लबका सदस्य तथा प्रशासकीय अधिकृत केशव लामिछाने, सल्लाहकार डा सागर राजभण्डारी, यातायात व्यवस्था कार्यालयका लेखाधिकृत देव शर्मा, उच्च अदालत सरकारी वकिल कार्यालयका टेकनाथ सुवेदी, घरेलु तथा सानाविकासका प्रमुख रामप्रसाद पाण्डे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
शिक्षा विकास तथा समन्वय ईकाईकी सूचना अधिकारी सरीता शर्माले स्वागत कार्यक्रमको सन्चालन गरेकी थिईन् ।

तस्वीर सौजन्य: धिरेन्द्रराज पन्त । ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *