निसिखोलामा भोलिदेखि माटो परिक्षण सुरु हुने

झम सिर्पाली, निसीखोला २०७६ बैसाख २४ । निसीखोला गाउँपालिकाका सबै वडाहरुमा भोलि देखि माटो परिक्षण हुने भएको छ । कृषि विकासका लागि प्रत्येक वडाका र विभिन्न टोलका माटो परिक्षण गरि माटो अनुकुलको खेतिपाती गर्न तथा त्यसै अनुसारको मलको प्रयोग गर्न किसानहरुलाई सुझाउने उदेश्यका साथ यस्तो कार्यक्रम संचालन गरेको गाउँपालिकाले बताएको छ ।

बैसाख २५ गते वडा नं १ र ७ को हर्पेमा, २६ गते वडा नं २ को वडा कार्यलय जुग्जाखोलामा, २७ गते वडा नं ३ र ४ को वडा कार्यलय झिवाखोलामा र २८ गते वडा ५ को निसि तथा वडा नं ६ को भल्कोटमा माटो परिक्षण गरिने गाउँपालिकाका कृषि संयोजक तारा बहादुर परियारले जानकारी दिए ।

परिक्षणका लागि माटो परिक्षण केन्द्र पोखराबाट विज्ञहरुको टोली आईसकेको र परिक्षण गरिने नमुना माटो संकलन समेत गरिसकिएको गाउँपालिकाले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.