कुस्मा- ८ चुवाको ४० रोपनी जग्गामा ७ करोडको लागतमा विष्णु बाटिका निर्माण गरिने

महेन्द्र केसी, पर्वत २०७६ बैशाख २४ । धार्मिक पर्यटनलाई विकास गर्नको लागि पर्वतमा ६ करोड ७९ लाखको लागतमा विष्णु बाटिका निर्माण गरिएको छ । कुस्मा नगरपालिका ८ चुवामा एकसय आठ पिपल चौतारी, एकसय आठ तुलसी मठसँगै शालिग्राम शिला संग्राहलयको समेत योजना तयार पारिएको हो ।

विश्वकै अग्लो विष्णु भगवानको मुर्ति स्थापना गर्ने योजना सहित काम अगाडि बढेको छ । तीन वर्षभित्र बाटिका निर्माण भइसक्ने वडा अध्यक्ष राजकुमार क्षेत्रीले ईबागलुङलाई बताए ।

डिपिआर अनुसार एक चौतारादेखी अर्को चौताराको दुरी नौ मिटर कायम गरिएको छ । यसै गरी सबै चौतारा सहितको १२ किलो मिटरको पैदल मार्ग तयार हुने र चौताराको परिक्रमा गर्न मिल्ने गरी संरचना तयार पार्न लागेको निर्माण समितिका अध्यक्ष कुलप्रसाद शर्माले बताए । ४० रोपनी क्षेत्रफलमा फैलिएको विष्णु वाटिका निर्माण गरिने जानकारी दिईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.