रगत वमन गरी एक मजदुरको मृत्यु, छिस्तीमा बेबारिसे शव फेला, दर्लिङमा एक युवकको अस्तिपन्जर भेट्टियो !

बागलुङ २०७६ बैशाख २३ । बागलुङ नगरपालिका २ श्री नगरटोलमा नवलपरासी जिल्ला सुनवल नगरपालिका ७ घरभै हाल बागलुङ बजारमा ज्याला मजदुरी गर्दै आएका अन्दाजी वर्ष २८ का खिमानन्द पौडेल सडकको छेउमा रक्त वमन गरी पल्टिरहेको जानकारी प्राप्त भएछी जिल्ला प्रहरी कार्यालय बागलुङका खटिगएको प्रहरी टोलीले निजलाई उपचारार्थ धौलागिरी अन्चल अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा निजको मृत्यु भएका प्रहरीले जानकारी दिएको छ ।

यसैवीच बडागाड गाउपालिका ८ दर्लिङ नेटाको जंगलमा अस्थिपन्जरमात्र रहेको एक व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ । यसको सूचना प्राप्त गर्दा साथ ईलाका प्रहरी कार्यालय भिङगिठेबाट प्रहरी टोली घटनास्थलमा पुगेर बुझ्ना सो शव तमानखोला गाउपालिका २ सिलगुमका मानसिक अवस्था ठिक नभएको अन्दाजी वर्ष २१ को बमबहादुर घर्तीको भएको अनुसन्धानमा खुलेको जनाईएको छ । करीब ४ महिना पहिले बिना जानकरी घरबाट हराएका घर्तीको चप्पल, निजले प्रयोग गर्ने मोबाईल नम्वरकाट पहिचान भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक झविन्द्र प्रसाद भट्टराईले दिएको जानकारी अनुसर आजै दिउसो १२ बजेको समयमा जैमिनी नगरपालिका वडा नं ८ स्थित तल्लो गौर कालीगण्डकीको किनारमा अन्दावस्ी ३०।३५ वर्षको एक युवकको बेवारिसे शव फेला परेको छ । शवको जानकारी पाउदा साथै प्रहरी चौकी छिस्ती र ईकाला प्रहरी कार्यालय बरेङबाट प्रहरी निरीक्षकको कमाण्डमा गएको टोलीले शवको पोष्टमार्टमका लागी धौलागिरी अन्चल अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *