विश्व आधारभुत बिद्यालय तमानखोला गाउँपालिका नर्जाखानीमा शैक्षिक सामाग्री सहयोग !

हेम विश्वकर्मा, बुर्तिबाङ २०७६ बैशाख २३ । विश्व आधारभुत बिद्यालय तमानखोला गाउँपालिका वडा नं ६ नर्जाखानीको ३० औँ बार्षिक उत्सबका अबसरमा बिद्यालयलाई त्यहाँका केही स्थानिय युवाहरुले शैक्षिक तथा भौतिक सामाग्री सहयोग गरेका छन् । रोजगारीको सिलसिलामा अमेरिका, दक्षिण कोरिया, लगाएतका बिभिन्न देशहरुमा कार्यरत त्यहाँका शिक्षाप्रमी सहयोगी युवाहरुले १ थान कम्प्युटर, १ थान प्रिन्टर तथा १ थान प्रोजेक्टर सहयोग गरेका हुन् ।

आफ्नो गाउँ आफै बनाउँ भन्ने उदेश्यका साथ अगाडि बढेका युवाहरुले गाउँ गाउँमा भएका बिद्यालयमा शैक्षिक गुणसतर बृद्धि होस् , बिद्यार्थीले आधुनिक प्रबिधि मार्फत अध्ययन गर्न पाउन् भन्ने अपेक्षाका साथ बार्षिक उत्सबको अबसरमा सहयोगी अभियन्ताहरु तिलक छन्त्याल र मदन छन्त्यालले शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए ।

सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि एबम् तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले युवाहरुको सक्रियतामा यसखालको सामाजिक कार्यहुनु प्रसंसनिय भएको भन्दै युवा एकता हुन जरुरी रहेको बताएका थिए । आधुनिक प्रबिधि भित्रिएसँगै अब गाउँपालिकाका बिद्यालयमा शैक्षिक गुणसतरले फड्को मार्ने उहाँको भनाई रहेको छ । थप बोल्दै उनले यस शैक्षिकसत्रमा बिद्यालयमा कम्प्युटर शिक्षा सञ्चालन भएको भन्दै अबको १०÷१५ बर्षमा कम्प्युटर पढाउने शिक्षक खोज्न नपर्ने बताए ।

बिद्यालयलाई अतुलनीय सहयोग गरेको भन्दै बिद्यालयका प्रध्यानाध्यापक ओम प्रसाद छन्त्यालले युवाहरुलाई धन्यवाद ज्ञापन गर्नुका साथै सामाजिक कार्यमा सँधै यसरीनै अग्रसरहुन प्रेरित गरेका थए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.