हृदयघातका कारण टोकियोमा बिहुँ लांखुका हितराज कँडेलको निधन !

भरत सापकोटा, बिहुँ २०७६ बैशाख २३ । रोजगारीको सिलसिलामा जापानमा रहेका कॉंठेखोला गाउपालिका ५ बिहुँ लाम्खुँ निवासी हितराज कँडेलको हृदयघातका कारण निधन भएको छ । उनी स्वर्गीय समाजसेवी खगराज कँडेलका जेठा छोरा हुन् । उनी १०/१२ वर्ष पहिले जापानमा रहेका थिए ।

जापानको टोकियो शहरमा कार्यरत ५३ वर्षिय कँडेलको हिँजो बैशाख २२ गते निधन भएको उनका परिवारजनले जानकारी दिएका छन् । उनको पार्थीव शरीरको अन्त्यष्टि भोलि मगलबार टोकियोमा गरिने भएकोले सबै शुभचिन्तकहरुलाई विहान ९.३० बजे उपस्थितिका लागी अनुरोध गरिएको छ ।

समाजसेवी कँडेलको असामयिक निधनमा बिहुँकोट समाज जापानले गहिरो दुख व्यक्त गर्दै शोकतन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.