वुद्ध जयन्तीमा कुस्मा नगरपालिकामा वृक्षारोपण : १०८ पिपलको विरुवाको ॐ आकारमा पार्क तयार गरिने !

प्रभा श्रेष्ठ, पर्वत कुस्मा २०७६ बैशाख २३ । आगामी वुद्ध जयन्तीका अवसरमा कुस्मा नगरपालिकामा बर्षैभरी वृक्षारोपण कार्यक्रम गरिने भएको छ ।

कुस्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीको अध्यक्षतामा हाालै बसेको बैठकले २६४३ औं वुद्ध जयन्तीको अवसरमा नगरपालिकाभित्र बिभिन्न चरणमा वृक्षारोपण कार्यक्रम गर्ने निर्णय गरेको हो ।

कुस्मा नगरपालिकाको वडा नम्बर ७ खरेहामा १०८ पिपलको विरुवा ॐ आकारमा लगाइ ॐ पार्क तयार गरिने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ । प्रत्येक पिपलको बोटलाई चौताराको रुपमा विकसित गरी चौताराको उपयुक्त ठाउँमा तुलसी, कुश, दुवो र शालिग्रामलाई ब्यबस्थित गरिने बताईएको छ । सो पार्कभित्रै तयार गरिने पोखरीको वीचमा बुद्धको मूर्ति राखिनेछ । पार्कभित्र पिकनिकस्थलको पनि ब्यबस्था गरिनेछ ।

वृक्षारोपणको शुभारम्भ कुश्मा नगरपालिकाको ७ नम्बर वडाको अग्लो पुल टोलबाट वुद्ध जयन्तीकै दिन ४ जेठबाट गर्ने निर्णय गरिएको छ । उक्त दिन एउटा सडकको दुबैतर्फ धुपी वृक्षारोपण गरी सो सडकलाई धुपी नामाकरण गरिनेछ भने अर्को सडकको दुबैतर्फ अशोक वृक्षारोपण गरी सो सडकलाई अशोक मार्ग नामाकरण गरिने नगरपालिकाले जनाएको छ ।

वृक्षारोपणको अत्यन्तै आकर्षक र धार्मिक एबं सांस्कृतिक महत्वको पाटो कुस्मा नगरपालिकाको वडा नम्बर ७ को खरेहामा तयार गरिने ूॐ पार्कू हुनेछ । सो पार्क १०८ पिपलको विरुवा ॐ आकारमा लगाइनेछ । प्रत्येक पिपलको बोटलाई चौताराको रुपमा विकसित गरिनेछ र प्रत्येक चौताराको उपयुक्त ठाउँमा तुलसी, कुश, दुवो र शालिग्रामलाई ब्यबस्थित गरिनेछ । सो पार्कभित्रै तयार गरिने पोखरीको वीचमा वुद्धको मूर्ति राखिनेछ । पार्कभित्र पिकनिकस्थलको पनि ब्यबस्था गरिनेछ ।

पिपलको बोटमुनी वुद्धले ध्यान गरेर ज्ञान प्राप्त गर्नु भएकोले पिपललाई पूजा गर्ने गरिन्छ भने आधुनिक बिज्ञानले पिपलले सबैभन्दा धेरै अक्सिजन छाड्ने विरुवाको रुपमा लिने गरिएकोले यस्को धार्मिक र बैज्ञानिक दुबै दृष्‍टिकोणले ठूलो महत्व छ । १०८ लाई हिन्दू, बुद्धिस्ट र योगा परंपरामा ठूलो महत्व दिइने भएकोले यसरी १०८ पिपलको बोटयुक्त ॐ पार्क निर्माण गरिने अबधारणालाई अगाडि बढाइएको हो र यो अबधारणालाई मूर्तरुप दिईने कुस्मा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष सुभाश चन्द्र पौडेलले ईबागलुङलाई बताए ।

ॐ पार्क कुश्मा पुग्नु अगावै मुस्ताङ जाने राजामार्गसंग नै जोडिने भएकोले पार्कलाई राजामार्गबाट नै देख्न सकिने उनको भनाई छ । स्थलगत निरीक्षण पश्चात ॐ पार्कको अबधारणालाई मूर्त रुप दिसकेपछि यस्लाई ध्यानकेन्द्र बनाइने उपयुक्त बातावरण भएकोले त्यसतर्फ पनि योजना बनाइनुपर्ने बिषयमा लुम्विनी(कपिलवस्तु विश्व अभियानका संयोजक एबं अस्ट्रेलिया सरकारका तर्फबाट वरिष्ठ स्टक्चरल इन्जिनियर रामकुमार श्रेष्ठ र वडा अध्यक्ष सुभाश चन्द्र पौडेलको बीच छलफल भएको बताईएको छ ।

वडा नम्बर ८ को बिष्णु बाटिका आस्वस्थ मुक्ति मार्गमा बातावरण दिवसका दिन वृक्षारोपण गरिनेछ र यस्का लागि वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार क्षेत्रीले नेतृत्वदायी भूमिका निर्बाह गर्ने बताईएको छ ।

बैठकमा लुम्विनी(कपिलवस्तु विश्व अभियानका संयोजक एबं अस्ट्रेलिया सरकारका तर्फबाट वरिष्ठ स्टक्चरल इन्जिनियर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनी, वडा ३, ४, ५, ६, ७, ८, ९, ११, १२ र १४ का अध्यक्षहरु क्रमशस् तेज प्रशाद पाध्या, मीना कुमारी कर्माचार्य, चित्रकला भारती शर्मा, रुद्र गिरी, सुवास चन्द्र पौडेल, राजकुमार क्षेत्री, कृष्ण प्रशाद लामिछाने, शिव प्रशाद पौडेल, राजेन्द्र पौडेल र भीम प्रसाद गुरुङको उपस्थिति थियो ।

आगामी बर्ष २६४३ औं वुद्ध जयन्ती मनाउनु सान्दर्भिक हुन्छ । जयन्ती भन्ने बित्तिक्कै जन्मकै आधारमा मनाउने विस्वब्यापी प्रचलन भएकोले पनि यो अवधारणा सही हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.