एमाले र मधेशवादी दलको हठको कारण देशले दुर्भाग्य भोग्नु परेको नेता गुरुङको आरोप !

विजय राना, बागलुङ, २०७३ चैत १३ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं प्रदेश न. ४ का इन्चार्ज देव गुरुङले एमाले र मधेशवादी दलको हठको कारण देशले दुर्भाग्य भोग्नु परेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल बागलुङले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गुरुङले एमालेको संविधान संसोधन अस्विकार र मधेशवादी दलको जुनसुकै हालतमा संविधान संसोधन गरिनु पर्छ भन्ने सोचका कारण देशले दुर्भाग्य भोग्नु परेको बताए ।

गुरुङले राष्ट्रलाई गति दिनको लागि दलहरु बिच रहेका फरक मतलाई प्रक्रियागत रुपमा नै समाधान गर्नु पर्नेमा जोड दिए ।

सविधान संशोधन प्रस्तावलाई संसदमा पेश गर्नै नदिने एमालेको अडान गलत रहेको बताउँदै गुरुङले दलहरु बिच रहेको मतान्तरलाई सहमतिबाट सम्भव नभए मतदान प्रक्रियाबाट टुङ्गाउनु पर्ने बताए ।

पूर्व मन्त्री समेत रहेका गुरुङले संविधान संशोधन र स्थानीय तहको निर्वाचनलाई समानान्तर रुपमा अगाडी बढाउनु पर्ने बताए ।

सहमतिको लागि दलहरु बिच निरन्तर छलफल भइरहेको बताउँदै गुरुङले भने अँझै पनि समय छ अन्तिम समय सम्ममा मधेशवादी दलहरु पनि स्थानीय तहको निर्वाचनमा सहभागि हुनेछन् ।

प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष राम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मुकेशचन्द्र राजभण्डारी र स्वागत कोपिला कँडेलले गरेकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *