नवागत प्रमुख जिल्ला अधिकारी क्षेत्रीव्दारा आजै जिल्ला प्रशासन कार्यालयमा पदबहाली !

बागलुङ २०७६ बैशाख २२ । जिल्ला प्रशासन कार्यालय बागलुङमा नवागत प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले आज पद बहाली गरेका छन् । काठमाडौ जिल्ला प्रशासन कार्यालयबाट सरुवा भै आजै बागलुङ सदरमुकाम आाई पुगेका नवागत प्रमुख जिल्ला अधिकारी क्षेत्रीले पदबहाली पछी बोल्दै जिल्लाको शान्ति, सुरक्षाको व्यवस्था भरपर्दो र त्रुटीरहित बनाउने बताउदै जनताको ज्यूधनको सुरक्षा तथा जिल्लामा सुशासन कायम गर्ने आफ्नो प्रमुख प्राथमिकता रहेको बताए ।

जिल्लामा ४६ औँ प्रमुख जिल्ला अधिकारीको रुपमा पदबहाली गर्दै नवागत प्रजिअ क्षेत्रीले निर्माण व्यवसायीहरुलाई निर्माण ठेक्का सम्पन्न गर्न कदम चाल्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।

नवागत प्रजिअ क्षत्रीलाई जिल्ला प्रशासन कार्यालय बागलुङका कर्मचारीहरुले स्वागत गरेको सूचना अधिकारी धिरेन्द्रराज पन्तले ईबागलुङलाई बताए ।
यस अघी प्रजिअ क्षेत्रीलाई कालिका भगवती मन्दिरमा गुठी व्यवस्थापन समितिको पदाधिकारीहरुले स्वागत गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.