चमुवाका कृषकलाई तहल्का नामक हाइबृड धानको वीउ बितरण

चन्द्रमणि न्यौपाने गल्कोट २०७६ बैशाख २२ । गल्कोट नगरपालिका ४ चमुवाका कृषकलाई तहल्का नामक हाइबृड धानको बिउ बितरण गरिएको छ । चितवन र नवलपरासीका उच्च भेगमा लगाइरने उक्त धानको बीउ नाथ बायो जेन्स आइ कम्पनि ईन्डियाका चितवन मार्केटिङ अफिसर हरिहर सुबेदीले पहिलो पटक परिक्षणको रुपमा वडाका चमुवा र ओखरबोटका कृषकलाइ बितरण गरिएको बताए ।

सुबेदीले उक्त कम्पनी मार्फत उत्पादित भिन्डी, घिरौला, लौका,काक्रो लगयतका तरकारी तथा फलफुलका बीउ पनि परिक्षणको रुपमा छिटै बितरण गरिने जानकारी दिए ।
वडासदस्य रुद्रप्रसाद सुबेदिले २० जना कृषकलाइ प्रती कृषक आधा किलोका दरले १० किलो बीउ निशुल्क बितरण गरिएको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *