कक्षा ८ को जिल्लास्तरीय परीक्षाको प्रश्नपत्रहरु कसरी भए भाईरल, जिशिअ साहब ?

बागलुङ, २०७३ चैत १३ । बागलुङ जिल्लाका कक्षा ८ सन्चालन भएका २१७ विद्यालयहरुमा आज देखी जिल्लास्तरीय परीक्षा २०७३ सन्चालन भएको छ । कक्षा ८ का विद्यार्थीले आज परीक्षाको पहिलो दिन अँग्रेजी विषय परीक्षा दिएका छन् । सेड्यूल अनुसार भोलि नेपाली विषयको परीक्षा दिने छन् ।

आज लिईएको अंग्रेजी विषयको प्रश्न पत्र हिँजो शनिवार नै सार्वजनिक भएको थियो । शनिवार राति ९ बजे इबागलुङलाई प्राप्त अँग्रेजी विषयको प्रश्नपत्र नै आज वितरीत प्रश्नपत्र संग हुबहु मिलेपछी प्रश्नपत्र सुनियोजितरुपमा आउट गरिएको रहस्य खुलेको हो ।

यस बारेमा जिल्ला शिक्षा कार्यालय बागलुङ (विद्यालय प्रशासन शाखा)का अधिकृत लोकनाथ आचार्यसंग जिज्ञासा राख्दा उनले प्रश्नपत्रहरु शिक्षा कार्यालयबाट तयार गरी सम्वन्धित श्रोत केन्द्रहरुमा पठाईएको जानकारी दिए ।

दुईतीन वर्ष पहिले सम्म जिल्लास्तरीय रुपमा सन्चालन गरिने कक्षा ८ को परीक्षाको मोरालिटीमा परिवर्तन गरिएको बताउदै अधिकृत आचार्यले भने परीक्षा कपी जाँच्ने उत्तीर्ण गराउने सबै अधिकार संवन्धित विद्यालयलाई नै प्रदान गरिएको छ ।

अधिकृत आचार्यका अनुसार कार्यालयबाट यहि चैत १० र ११ गतेमात्र श्रोत केन्द्रहरुमा प्रश्न पत्रहरु पठाईएकोे हो । त्यसपछी नै लिक भएहोला कार्यालयबाट आउट हुने कुरा छैन ।

शिक्षा कार्यालयले जे तर्क दिएपनि प्रश्न पत्रहरु परीक्षा भन्दा पहिले नै सार्वजनिक (भाइरल) हुनु अनुचित एवं अमर्यादित कुरा हो । यस्तो अवस्थामा जिल्ला शिक्षा कार्यालयले टुलटुल हेरेर बस्न मिल्छ ? सदरमुकाममा सन्चालित अँग्रेजी नाम गरेका केहि आवासीय विद्यालयहरुबाट प्रश्नपत्रहरु लिक गरिएको व्यापक चर्चा चलेको छ ।

यस गम्भीर प्रश्नको जवाफ जिल्ला शिक्षा अधिकारीले दिन जरुरी भएको नागरिक समाज, अभिभावक, विद्यार्थी, विद्यालय सबैको ठहर छ ।

भोलि देखी लिईने विभिन्न विषयका केहि प्रश्नपत्रहरु इबागलुङलाई प्राप्त भएका छन् । सरोकारवालाहरुको ध्यानाकर्षण होस भन्नाका खातिर यहाँ प्रकाशित गरिएको छ । यी प्रश्नहरुको सत्यता परीक्षण गरी दोषिलाई कार्बाहीको दायरामा ल्याउनु कार्यालयकै प्रतिष्ठाको विषय बन्नु पर्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *