काठेखोला- ५ मा नेपाल बैंक लिमिटेडव्दारा एक व्यक्ति एक खाता कार्यक्रम सम्पन्न !

भरत सापकोटा, बागलुङ बिहुँ २०७६ बैशाख २१ । काँंठेखोला गाउँपालिका वडा ५ मा आज नेपाल बैंक लिमिटेडले एक व्यक्ति एक खाता कार्यक्रम सम्पन्न गरेको छ। सो अवसरमा नेपाल बैंकले समृद्ध नेपाल बचत खाता र नागरिक बचत खाता गरि दुई किसिमका खाता संचलानमा आएको र समृद्ध बचत खाता खोलेमा नेपाल बैंकको तर्फबाट खातावालाको नाममा सय रुपैयाँ बचत गरिदिने ब्यबस्था रहेको नेपाल बैंक बाग्लुङका प्रमुख दुर्गा प्रसाद अर्यालले जानकारी दिए। सो अवसरमा आज ९० जना सेवा ग्राहिले नेपाल बैंकको खाता खोलेको बैंक कर्मचारी नारायण प्रसाद कडेंल बताए।

सो कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल बैक लिमिटेड गण्डकी प्रादेशिक कार्यलय प्रमुख धिरज राई ले सरकारले एक ब्यक्ति एक खाता संन्चालनमा ल्याउन दिईएको निर्देशनमा बमाेजिम उक्त कार्यक्रम लागु गरिएकोले राज्यले गाउंमै आएर दिईएको सेवा सुविधा लिन सेवाग्राहिलाई अनुरोध गरे । राईले भने, राज्यकै लगानिलभएको बैक बाट कारोबार गर्दा सेवाग्राहि लाई भरपर्दो र विश्वसनिय सेवा उपलब्ध हुने हुनाले निर्धक्क भएर सेवा लिन आग्रह गर्दै नेपाल बैंक र यस्ले दिने सेवा केहि सुधार गर्नु पर्ने भए सुझाव दिन समेत आग्रह गरे ।उनले भने आज यहाँ सेवाग्रहाहि को उल्लेखनिय उपस्थिति देखिनु नेपाल बैंक प्रति जनता को ठुलो विश्वास रहेको कथन उनको भनाई थियो।

सो कार्यक्रममा वडा५का वडा अध्यक्ष शिव प्रसाद कडेंल अमर मा विका प्रधानाध्यपक भिष्म कडेंल वडा सदस्य खगिशरा न्यौपाने लगाएतले बोलेको कार्यक्रममा नेपाल बैक बाग्लुङका कर्मचारी रमकान्त शर्माको स्वागत रहेको थियो।

नेपाल बैक लिमेटेड बाग्लुङ शाखाका शाखा प्रबन्धक दुर्गा प्रसाद अर्यालको सभापत्तित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन अमृत बहादुर दर्जीले गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.