गल्कोट – १० पाण्डवखानीमा सामाजिक सुरक्षा भत्ता वितरण सम्पन्न

सुरेश छन्त्याल, पाण्डबखानी गल्कोट २०७६ बैशाख २१ । प्रभु बैंक लिमिटेड शाखा कार्यालय गल्कोटबाट प्रदान गर्ने सामाजिक उत्तरदायित्व अन्तरगर्गत गल्कोट नगरपालिका वार्ड न।१० पाण्डबखानीको सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

गल्कोट नगरपालिकाको सहयोगमा प्रभु बैंक लिमिटेड गलकोट शाखाका शाखा प्रबन्धक कृष्णहरि भण्डारीको नेत्रृत्वमा यस बैंकका संञ्चालन प्रमुख शिशिर बम मल्ल, सम्बन्ध अधिकृत प्रकाश सुवेदी,सुरक्षा गार्ड खिमबहादुर मल्लको टोलीव्दारा सामाजिक सुरक्षा भत्ता पाण्डबखानी वडा कार्यालयमा संञ्चालन र उक्त सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । यसको शुभारम्भ हिजोबाट सुरु भएको उक्त कार्यक्रममा वडाका बयोबृद्ध ८७ वर्षका ललिता श्रीस र ८५ वर्षका धनबहादुर पुनलाई भत्ता वितरण गरिएको र उक्त कार्यक्रममा सभाासद निरज पुन, वडा सदस्य धनबहादुर सुनार,राधिका पुन,रामप्रसाद वि।क समाजसेवी मानसिह छन्त्याल, पत्रकार सुरेश छन्त्याल लगाएतको सहभागीता रहेको थियो । आन पाण्डबखानीको रमुवामा वितरण सम्पन्न भएको वडा अध्यक्ष तिलक घर्ती को उपस्थितिमा प्रभु बैकका संञ्चालन प्रमुख शिशिर बम मल्लले जानकारी दिए । प्रभु बैंक लिमिडेडका टोली विहान ७ बजे प्रत्येक घरमा पुगि बैंकिङ् सम्बन्धि सचेतना जानकारी दिदै ८१ वर्षिय दिल कुमारी शेरचनबाट वितरण सुरुगरी ५० जनालाइ भत्ता वितरण गरिएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.