काठेखोला चक्रपथ : तीललाई पहाड बनाएको होईन,संभाव्य खतरालाई औँल्याएको मात्र हो !

भरत सापकोटा, बिहुँ २०७६ बैशाख २१ । काठेखोला गाउपालिकाको पहलमा सुरु गरिएको चक्रपथ निर्माणमा बिबाद देखिएको छ । चक्रपथ निर्माण गरिरहँदा काठेखोला ५ बिुहँमा सडक भत्किएर पहिरो मानवीय बस्तीमा पुगेपछप् स्थानीयहरुले जथाभावी हँचुवा किसिमले चक्रपथ निर्माण गर्दा गाउँ बस्तीनै जोखिममा परेको भनि बिरोध जनाएका थिए । बैशाख १६ गते राति १० बजेको समयमा काठेखोला ५ बिहुँ ओडार हुँदै तंग्राम जोड्ने ट्र्याकमा सुख्खा पहिरो जानाले त्यस माथी र तल्लो भागमा रहेको बस्तीहरु उच्च जोखिममा रहेको पीडितहरुले बताएका थिए । यस विषयलाई लिएर आज विहान बिहुँमा बसेको उपभोक्ता समिति एवं सरोकारवालाहरु वीचको छलफलमा उपभोक्ता समितीले तीललाई पहाड बनाएर समचार सम्प्रेषण गरेका भनी पत्रकार माथि ने विष वमन गर्दै पहिरो गएको ठाउमा पहिरो पन्छाउने र चक्रपथ निर्माण कार्य अघि बढाउने निर्णय गरेको थियो ।

छलफलमा निमार्णाधीन चक्रपथबाट पहिरो खसेर बालबाल बचेकोे घरगोठ देखाउदै पीडित स्थानीय देवीलाल सापकाेटा पहिरोले घरबासै उठ्ठा हुने भयो भनि आक्रोश व्यक्त गरेका थिए । पहिरो पन्छाएर मात्र घरबार नजोगिने भन्ने उनको तर्क थियो । तर उपभोक्ता समितिले उनको मर्कालाई बुझ्ने प्रयासै नगरी आजै ज्यामी कामदार लगाएर पहिरो व्यवस्थापन गरी चत्रपथ निर्माण गर्ने भनेर कुरो टुंग्यायो । पहिरो व्यवस्थापन गर्न आएका ज्यामी कामदारहरुले पहिरोमाथीबाटै जान थालेकोले ज्यानको बाजी लगााएर पहिरोमा काम गर्न नसकिने भनी फिर्ता ग्एको स्थानीयले जानकारी दिएका छन् ।

चक्रपथ निर्माणमा अवरोध पुयाउने हाम्रो उद्देश्य होईन, स्थानीयहरुको भनाई उधुत गदै समचारमा लेखिएको छ, डोजरले जथाभावी चक्रपथ खन्दा पहिरो जान सुरु गरेकोले यसको दीगो समाधान गरेर मात्र निर्माण कार्यलाँई अघी बढाउनु उनिहरुले माग गरेका छन् । तिललाई पहाड बनाएको होईन संभाव्य खतराबाट गाउँबस्तीलाई जोगाएर मात्र चक्रपथ निर्माण गर्न सुझाएको मात्र हो एकजना स्थानीयले ईबागलुङलाई बताए ।

्यसैवचि काठेखोला गाउपालिकाका अध्यक्ष अमर थापाले आईतबार चक्रपथ खन्दा गएको पहिरोको अवलोकन गर्ने बताएका छन् ।

काठेखोला चक्रपथ : जथाभावी खन्दा बिहुँ ओडारेमा सुख्खा पहिरो खसेर दर्जनौ घर उच्च जोखिममा !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *