खरुवा माबि गल्कोटमा जेठ ४ गते निशुल्क स्वास्थ्य शिबिरको आयोजना !

घनश्याम गौतम, गल्कोट २०७६ बैशाख २१ । गल्कोट नगरपालिका बडा नम्वर ४ खरुवामा जेठ ४ गते शनिबार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । गल्कोट नगरपालिका वडा नम्वर ४ को कार्यालय, वडा अध्यक्ष बल बहादुर खत्री, रेडक्रस सोसाईटी गलकोट हटियाको आयोजना तथा हेल्थ एण्ड एजुकेशन फर नेपाल (हेन)को सहयोगमा शिबिर सञ्चालन हुन लागेको हो ।

कान्छीमाया तामाङ फाउण्डेशन धुलिखेल काभेपलाञ्चोक र सिया फार्मेसी तथा मिनभवन औषधी पसलको सह आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको बडा अध्यक्ष बल बहादुर खत्रीले जनाकारि दिए ।

शिबिरमा हाडजोर्नी, स्त्री रोग, दन्त, मधुमेह, आँखा , नशा सम्बन्धी समस्या भएका बिरामिहरुको निशुल्क उपचार गरिने भएको आयोजकले जानकारी दिए । शिबिरमा आन्दबन अस्पतालका डा जयराज शर्मा, परोपकार प्सुती अस्पतालका डा बालगोबिन्द चौधरी, धुलीखेल अस्पतालका डा दिल बहादुर तामाङ, डा बिजेश चोधरी, शिभिल अस्पतालका डा शिबराम न्योपाने आउने बडा कार्यालयले जनाएको छ । शिबिर खरुवा माध्यमिक बिद्यालय ओखरबोटमा सञ्चालन गरिने अध्यक्ष खत्रीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *