भीरबाट लडेर गम्भिर घाईते बुर्तिवाङकी फुलमती कुमाललाई बचाउन परिवारकोे अपिल !

हेम विश्वकर्मा, बुर्तिबाङ २०७६ बैशाख २१ । भीरबाट लडेर गम्भिर घाइते भएकी ढोरपाटन नगरपालिका २ निवासी फुलमती कुमाल केहीदिन देखि अस्पतालमा छटपटाइरहेकी छिन् ।

ढोरपाटन नगरपालिका वडा नं २ सिमलचौर निवासी २२ वर्षीया कुमालको आर्थिक अबस्था कम्जोर भएकाले उपचारमा समस्या परेको हो । गत बैशाख ११ गते बिहान ९ बजेको समयमा घर नजिकैको जंगलमा घासँ काट्ने क्रममा भीरबाट लडेपछि उनको दुबै खुट्टा भाँचिएको तथा टाउकोमा गहिरो चोट लागेको हुदाँ थप समस्या परेको परिवारजनले बताएका छन् ।

भीरबाट लडे लगतै उनलाई बुर्तिबाङ बजार स्थित बुर्तिबाङ प्राथमिक स्वास्य केन्द्रमा भर्ना गरिएको थियो । यहाँ उपचार गर्दा दुबै खुट्टा भाचिँएको र टाउकोमा गहिरो चोट लागेकाले उपचार गर्न कठीन भएपछि उनलाई लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा लगेर उपचार गरिरहेको उनका ससुरा बुबा राम बहादुर कुमालले बताए ।

उनको उपचारमा अहिलेसम्म करीब रु ५।६ लाख सिद्धियो, अब पनि कति खर्च लाग्ने हो कुनै टुंगो छैन, उनका श्रीमान मनबहादुर कुमालले भन्छन“ श्रीमतीको उपचारका लागि सहयोग गरिदिनुप¥यो ।” सामान्य ज्याला मजदुरी गरेर जीबिकोपार्जन गरिरहेका कुमालले उपचारमा कसैले सहयोग गरिदिए सहज हुने बताउछन्।

आर्थिक अवस्था कमजोर भएको कुमाल परिवारलाई बुहारीको उपचार खर्च जुटाउन यतिबेला धौधौ परेको छ । स्थानीय निकाय ढोरपाटन नगरपालिकाले उनको उपचारमा थप सहयोग पुगोस् भन्ने हेतुकासाथ आर्थिक सहयोग गरिदिन सिफारिस गरेको छ । उनका आफन्तहरु बुर्तिबाङ बजार आसपासका क्षेत्रमा स्थानियहरुसँग चन्दा संकलन गरिरहेका छन् ।

अहिलेसम्म यो अभियानमा करीब रु ८० हजार संकलन भएको उनका जेठाजु दाई देव बहादुर कुमालले जानकारी दिए । फुलमतीको एउटा खुट्टाको अप्रेशन भइसकेको र अर्को खुट्टाको अप्रेसन गनुपर्ने र अझै केही महिना लाग्ने बताइएको छ । उनि अझै २ महिना अस्पताल बस्नुपर्ने अस्पताल श्रोतले जनाएको छ । उनको उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवारले समेत अपिल गरेको छ ।

उपचाररत फुलमती कुमाललाई सहयोग गर्न चाहनु हुने सहयोगीहरुले उनका श्रीमान ः मन बहादुर कुमाल ९८६९५३२०८८ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *