दुबईमा आयोजित अन्तर्राष्ट्रिय डोजो प्रतियोगितामा बडीगाड डोजोका दुई खेलाडीलाई स्वर्ण पदक !

दिनेश शर्मा, बडीगाड २०७६ बैशाख २१ । बडीगाड गाउपालिका स्थित बडीगाड डोजोका दुईजना खेलाडीले दुबईमा आयोजित अन्तर्राष्ट्रिय डोजो प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका छन । बडीगाड डोजोबाट उक्त अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा भाग लिएका कल्पना घर्ती र मीन बहादुर घर्तीले फार्इनल खेलमा क्रमशः भारत र आयोजक दुबईलाई पराजीत गर्दै स्वर्ण पदक प्राप्त गरेको बडीगाड डोजोका सन्चालक तथा अन्तर्राष्ट्रिय कोच राजन पार्इजाले ईबागलुङलाई जानकारी दिए ।

बैशाख १९ गते बडीगाड डोजोको तर्फबाट गुल्मी मुसिकोट नगरपालिका २ की कल्पना घर्ती र बडीगाड गाउपालिका ७का मीन बहादुर घर्ती अन्तर्राष्ट्रिय खेलको निम्ति दुबई प्रस्थान गरेका थिए । उक्त खेलमा भारत, दुबई ,मलेसिया ,ईरान र नेपाल गरि पाँच राष्ट्रको सहभागिता रहेको थियो । स्वर्ण पदक विजेता खेलाडीहरु यहि बैशाख २३ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।

उक्त प्रतियोगितामा डोजोको तर्फबाट टिम ब्यवस्थापनमा कृष्ण पाइजा दुबई प्रस्थान गरेका थिए । नेपालबाट रेफ्रीहरुमा राम कुमार थारु, ज्ञान बहादुर मोक्तान ,सुबिन गुरुङ ,महेश महर्जनको सहभागिता रहेको थियो। स्मरणीय छ, केही दिन अगाडि मात्र डोजोका संचालक राजन पाइजाले अन्तर्राष्ट्रिय कोचको मान्यता प्राप्त गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *